यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
यही चैत ५ गते देशभरिका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले ११ क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ ।
भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा प्रत्यक्षमा ११ र समानुपातिकतर्फ १० गरी २१ जनाको उम्मेदवारी दर्ता भएको छ । वि.सं. २०६० सालदेखि भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले विद्यार्थीहरूको आशा र विश्वासले जित हासिल गर्दै आएको हो । तर, २०७९ को निर्वाचनमा भने नेक्राविसङ्घले स्ववियुमा निर्वाचित नभए पनि विद्यार्थीहरूको अधिकार सुनिश्चितताका निम्ति सङ्घर्ष गरिह्यो । नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, तीन ठुला भनाउँदा दलहरूको गठबन्धनविरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ एक्लै लडेको थियो । विद्यार्थीको हक अधिकार सुनिश्चित गर्ने, क्याम्पसको विकास अनि समग्रमा शैक्षिक क्षेत्रमा भइरहेका अनियमितता र अराजकताको अन्त्य गर्ने एजेन्डा लिएर विद्यार्थीमाझ जाँदै छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मतदान किन गर्ने भन्ने विषयमा सबै विद्यार्थी स्पष्ट हुन आवश्यक छ । स्ववियुमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको नेतृत्व हुँदा र अन्य विद्यार्थी सङ्गठनको नेतृत्व हुँदा क्याम्यसमा के–कस्तो भिन्नता हुन्छ भन्ने कुरा सबै विद्यार्थी र प्रशासनले अनुभव गर्दै आएको कुरा हो ।
२०७९ को निर्वाचनमा नेविसङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारी गठबन्धनको जितलगत्तै क्याम्पस हाताभित्र कन्सर्ट गरेर एस.ई.ई. परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको पढाइ बिथोलेको सर्वविदित्तै छ । कन्सर्टमा अनेकथरी मानिस केवल मनोरञ्जनको उद्देश्यले क्याम्पस हाताभित्र छिरे, मादक पदार्थ सेवन गरे र खाली बोत्तल प्राङ्गणमा छरे । विज्ञान सङ्कायको अध्यापन हुने भवनका भित्ताहरू ती असभ्य व्यक्तिहरूको शौचालय बन्न पुग्यो । यस्तो गतिविधिको विरोध गर्ने आँट अरू कुनै सङ्गठनले गरेन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ एक्लैले विरोध ग¥यो । २०७९ मा निर्वाचित स्ववियुले दुई वर्षको अन्तरालमा दुई पटक पनि पूर्ण बैठक राख्न नसक्नु अघिल्लो स्ववियुको असफलताको प्रमाण हो ।
स्ववियुले आयोजना गरेको ‘स्ववियु सप्ताह’ मा १४ लाख खर्च भएको भनियो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको नेतृत्वमा स्ववियु सप्ताह हुँदा २ लाखमा सम्पन्न भएको साक्षी क्याम्पसका सबै विद्यार्थी हुन् । स्ववियुले हिसाबमा पारदर्शिता देखाउन नसक्नु स्ववियुभित्र भएको आर्थिक हिनामिनाको प्रमाण हो । केवल दलीय स्वार्थको निम्ति स्ववियुको दुरूपयोग गर्ने अन्य विद्यार्थी सङ्गठनले प्रवृत्तिका विरुद्ध नेक्राविसङ्घले आवाज उठाउँदै आएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियुमा नेक्राविसङ्घ हुँदा के–कस्ता गतिविधि र आन्दोलन भए भन्ने विषयमा जानकारी राख्नु महत्वपूर्ण छ । भक्तपुर बहुमुखी क्याम्पस त्रि.वि.को यस्तो आङ्गिक क्याम्पस हो, जहाँ आन्तरिक परीक्षा हुन्छ । आन्तरिक परीक्षाका कारण विद्यार्थीहरूलाई शैक्षिक प्रगतिमा सहयोग पुगेकोमा दुईमत छैन । यो आन्तरिक परीक्षा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सङ्घर्षको फल हो । गएको दुई वर्षमा हामी महसुस गर्छौं, क्याम्पसको वार्षिक कार्यक्रम ‘आन्तरिक परीक्षा’ अनुशासित रूपमा भइरहेको छैन । बी.ए. दोस्रो वर्षको अनिवार्य नेपालीको उत्तरपुस्तिकासमेत हराएको थियो । स्ववियुमा विद्यार्थीको विश्वासले निर्वाचित दलहरूले विद्यार्थीको हितमा काम गर्न नसकेको यी घटनाले प्रस्ट पार्छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकै पहलमा सेमेस्टर प्रणालीका शैक्षिक कार्यक्रममा जेहनदार विद्यार्थीहरूलाई १० प्रतिशत र वार्षिक शैक्षिक कार्यक्रम (BA, BBS, BSc) मा २० प्रतिशत विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको आधारमा छात्रवृत्ति दिने कार्य सुरु भएको थियो । त्यसैगरी २०७५ सालमा BBA को शुल्क २,९०,००० रूपैयाँबाट ३,५०,००० रूपैयाँ पु¥याएकोमा नेक्राविसङ्घको आन्दोलनकै कारण आज पनि BBA को शुल्क ३,१५, ९०० रूपैयाँ कायम छ । BSc. CSIT मा पनि ३,२७,००० रूपैयाँ निर्धारण गरिएकोमा नेक्राविसङ्घकै आन्दोलनले गर्दा ३,१५,००० रूपैयाँमा झ¥यो । BCA कार्यक्रममा अन्य क्याम्पसको तुलनामा भक्तपुर बहुमुखी क्याम्पसको शुल्क बढी छ । अन्यत्र १,९०,००० देखि २,२५,००० रूपैयाँसम्म पढाइने BCA को शुल्क भक्तपुर बहुमुखी क्याम्पसमा महँगो (३,११,९०० रूपैयाँ) छ । यसमा पनि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले विरोध गर्दै आएको छ । अरू कुनै विद्यार्थी सङ्गठनले यस विषयमा बोलेको अवस्था छैन ।
कक्षामा शिक्षक–प्राध्यापक अनियमित हुनाले विद्यार्थीहरूमा परेको असरबारे बोल्ने आँट केवल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले ग¥यो । स्ववियुमा नेक्राविसङ्घको नेतृत्व हुँदा ई–हाजिरीको व्यवस्था भयो । यसले गर्दा नियमित कक्षा सञ्चालन अझ व्यवस्थित बन्यो ।
२०७९ को निर्वाचनपछि भने क्याम्पसको स्थिति फेरि दयनीय बनेको छ । क्याम्पसमा संरचनात्मक निर्माणको काम भइरहेको छ । आवश्यक पुनःनिर्माणमा Retrofitting को नाममा टालटुल गर्ने काम र अनावश्यक निर्माणका कार्यहरू भइरहेको छ । संरचनात्मक निर्माण र ठेकापट्टाको नाममा क्याम्पसभित्र भ्रष्टाचार भइरहेको छ । यस्तो भ्रष्टाचारविरुद्ध आवाज उठाउन आवश्यक राजनैतिक चेतनास्तर र सैद्धान्तिक आधार विद्यार्थीहरूमा विकास गर्न नेक्राविसङ्घ सङ्घर्षरत छ ।
करिब ५२ रोपनी जग्गामा फैलिएको क्याम्पसमा विद्यार्थी–मैत्री पुस्तकालय र सभाकक्ष (Auditorium Hall) एउटा पनि नहुनु क्याम्पसको ठुलो कमजोरी हो । यस्ता सरल तर आवश्यक विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले बोल्ने गरेको छ । स्ववियुमा गएका अन्य दलहरूले गुण्डागर्दी र भाडभैलो मच्चाउने बाहेक विद्यार्थीहरूलाई साधारणभन्दा साधाण काममा परनिर्भर बनाएर परनिर्भरताको फाइदा दलीय स्वार्थको निम्ति लिएको कुरामा कुनै शङ्का छैन ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई मत हाल्नुको अर्थ विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउने सङ्घर्षमा सहभागी हुनु हो; स्ववियुमा गएर भ्रष्टाचार गर्नेहरूलाई कारबाही गराउने सङ्घर्षमा हातेमालो गर्नु हो र संसदवादी दलहरूबिच पदाधिकारी र प्राध्यापक नियुक्तिमा हुने भागबन्डाको विरोध गर्नु हो । स्ववियुलाई शैक्षिक, सांस्कृतिक तथा राजनीतिक दबुको रूपमा अगाडि बढाउन र स्ववियुलाई आर्थिक अनुशासनमा राखी पारदर्शी बनाउनको लागि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा मतदान गर्नुको विकल्प छैन ।
Leave a Reply