भर्खरै :

बिरामी, ज्येष्ठ नागरिक, बालबालिकालाई सातु दिए बेस र कम्पनीबाट नठगिएकै बेस नि !

बिरामी, ज्येष्ठ नागरिक, बालबालिकालाई सातु दिए बेस र कम्पनीबाट नठगिएकै बेस नि !

मेरी ९० पुग्न लागेकी आमालाई हर्लिक्क्स र फलफूलको जुस नल्याउनु होला भन्दा कति रिसाए होलान् । म कसैलाई पनि यस्तो पत्रु खान लाग्दिन ।
बिरामी, ज्येष्ठ नागरिक, बालबालिकालाई बट्टाको जुस दिएर अभिभावकहरू स्वस्थ भोजन दिएको भ्रममा छन् । बट्टाको फलफूलको रसमा त कम्तीमा ८० प्रतिशत चिनी मात्र हुन्छ । चिनीको प्रयोगले पेट बिग्रिन्छ नै, सूक्ष्म पोषक तत्वको अभावले कुपोषण हुन सक्छ ।
बट्टाको फलफूलको रसमा रेशादार तत्व हुन्न, रेशादार तत्वको महिमा मानव शरीरको स्वास्थ्यको लागि धेरै छ । मधुमेहको समस्या भएका व्यक्तिले कस्तो फलफूल कति खान सकिन्छ भनेर स्वास्थ्यकर्मी, पोषणविद्सँग सल्लाह लिनु उत्तम हुन्छ । स्वास्थ्यमा केही समस्या नभएमा व्यक्तिले पनि ठाउँ र सिजनअनुसारको फलफूल खानु राम्रो हुन्छ । अमला, अम्बा, आलु, हलुवाबेद, जामुन, भोगटे, सीताफल, बयर, सुन्तला, काफल आदि उत्तम फल हुन् । मौसमी फलफूल सबै नै ‘सुपर फुड’ हुन् ।
केही अघिको कुरा । ८ महिनाको बच्चालाई ज्वरो आएकोले अभिभावकले बालरोग विज्ञकहाँ लिएर गएछन् । यसले खाना खान किचकिच गर्छ, के गर्ने होला ? बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, “सेरेलेक खुवाउनुस् न ।” “सेरेलेकमा त धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई चिनी दिनु हुँदैन भन्छन् नि,” बाबुले आफ्नो बुझाइ सुनाए ।
“त्यो होइन । सेरेलेक मज्जासँग खान दिनुस् । बच्चाको तौल पनि बढ्छ, गुलियो भएकोले खुसी भएर खान्छ ।” विज्ञले नै यति भनेपछि नपत्याउनु पनि भएन । ती बाबुले त्यसपछि बच्चालाई सेरेलेक खुवाउन सुरु गरे । बच्चाले खुसीसाथ खाएपछि उनलाई पनि सन्तोष मिल्यो होला । बालरोग विज्ञको सल्लाहमा लिटो, आलु, जाउलो दिन छाडेर बच्चालाई सेरेलेक खुवाउने ती बाबुजस्ता कति अभिभावक ठुला कम्पनीबाट ठगिएका होलान् ?
शिशु भोजन, दूध आदि बनाउन फुड कम्पनी ‘नेस्ले’ विश्व प्रसिद्ध छ । तर कम्पनीको नीति ‘दोधारे’ देखिन्छ । उसले युरोपका बच्चाहरूका लागि चिनी नहालेको ‘शिशु भोजन’ बनाउँछ तर एसियाका गरिब देशका लागि चिनी भरपुर प्रयोग गरेर गुलियो बनाइदिन्छ । यसो भएपछि बच्चाले पनि कुपुकुपु खाने भए । अनि त नेपालका बालरोग विज्ञहरूबाट ‘सेरेलेक’ खुवाउनुस् न भन्ने सल्लाह पाइहाल्छन् । यसरी ठुला कम्पनीले विकसित देशका लागि एक किसिमको र एसियन देशका लागि फरक मापदण्ड स्थापित गरेर स्वास्थ्यमा खेलबाड गरेको होइन र ? विकसित देशका शिशुको स्वास्थ्य राम्रो राख्न त्यहाँ पठाउने सेरेलेकसहित अन्य शिशु भोजनमा चिनी मिसाइएन तर अविकसित देशमा बच्चालाई युरोपियन मापदण्ड लागु नगरी गुलियो बनाउन चिनी मिसाइएको स्वीट्जरल्यान्डको एक प्रतिष्ठित संस्थाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
नेपाली चलनअनुसार ‘अन्नप्रासन’ वा ‘भात खुवाइ’ पछि शिशुलाई जाउलो, मिचेको आलु, दालको झोल, हलुवा, लिटो बिस्तारै खुवाउने चलन छ । त्यसरी खुवाउँदा एकैचोटिमा शिशुले यस्ता खाना प्रायः मन पराउँदैनन् । अलिअलि गरेर स्वाद लगाउँदै जानुपर्छ । नेपाली भान्सामा विभिन्न अन्न भुटेर लिटो बनाउने चलन छ । यस्तो लिटो प्रोटिन र अन्य सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ । यस्तो लिटोमा ‘चिनी नहाल्नु’ भनेर कति विज्ञले भन्छन् । विज्ञानले एक वर्षभन्दा मुनिका शिशुलाई चिनी दिन नहुने भन्छ ।
हामीकहाँ अनेक पौष्टिक भोजन छन् । बालबालिकालाई सहज तरिकाले बनाउन र खुवाउनका लागि अभिभावकले अलिकता मात्र ध्यान दिए पुग्छ । बाहिरबाट पैसा खर्च गरेर पत्रु खाना खुवाउँदा एक दिनका लागि त सजिलो होला, तर जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तन सक्छ । त्यसैले बच्चालाई एकछिन खुसी पार्न पत्रु खाना खुवाएको के काम ?
ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप १ किलो हर्लिक्स दिएर सम्मान हुुन्छ र ? मधुमेह भएका व्यक्तिहरूले त खान पनि नहुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *