भर्खरै :

शिक्षा समितिहरूमा अभिभावक प्रतिनिधित्व माग

शिक्षा समितिहरूमा अभिभावक प्रतिनिधित्व माग

भक्तपुर, १ चैत । अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्य समितिको बैठक केन्द्रीय महासचिव रामचन्द्र सुवेदी उपस्थितिमा अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा शिक्षा विधेयकबारे छलफल गर्दै लान्चाफल्चामा शुक्रबार बस्यो ।
बैठकमा केन्द्रीय महासचिव सुवेदीले शिक्षा विधेयकमा संस्थागत विद्यालयका प्रतिनिधि हुने तर सारा विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरिरहेका अभिभावकहरूको शिक्षा समितिहरूमा प्रतिनिधित्व नहुनु दुःखद कुरा भएको बताउँदै शुल्क निर्धारण, छात्रवृति वितरण, विद्यालय निरीक्षण, विद्यालय पोशाक र पाठ्यपुस्तक विद्यालयले भनेकै पसल लिनुपर्ने गरि सिण्डिकेट गरेकोविरुद्ध सङ्घर्ष गर्न पनि शिक्षा समितिमा अभिभावकको प्रतिनिधि अतिआवश्यक भएकोले शिक्षा विधेयकमा समेत उल्लेख गराउन सङ्घर्षरत रहनुपर्ने बताउनुभयो ।
बैठकमा जिल्ला अध्यक्ष प्रजापतिले २०२८ सालको शिक्षा ऐनमा बसेर काम गर्नुपरेको अवस्थाका साथै २०५५ शिक्षा नियमावलीमा शुल्क निर्धारण समितिमा अभिभावक सङ्घको प्रतिनिधि रहेको बताउँदै शिक्षालाई मौलिक हकको रूपमा निःशुल्क भनी नेपालको संविधान २०७२ मा लेखिएको भएता पनि राज्यले शिक्षाको सम्पूर्ण जिम्मेवारी ग्रहण नगर्दा शिक्षामा विविधता देखिएको बताउनुभयो । उहाँले भक्तपुर जिल्लाको चारैवटा नगरपालिकामा शुल्क निर्धारण र शिक्षा समितिमा प्रतिनिधित्वको लागि अनुरोध गर्ने बताउनुभयो ।
बैठकमा निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्य, सचिव आशराम सुवाल, सदस्यहरू सन्तराम दुलाल, राजाराम दाहाल, महेन्द्र बखुन्छँे, घनश्याम खड्कालगायतले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *