भर्खरै :

स्वस्थ विद्यार्थीले हरेक चुनौतीको सामना गर्न सक्ने

स्वस्थ विद्यार्थीले हरेक चुनौतीको सामना गर्न सक्ने

भक्तपुर, १ चैत । बाल विकास सेकेन्डरी स्कूलमा कक्षा १, २ र ३ कक्षाका अभिभावकहरूबिच विषयवस्तुमा आधारित बालबालिकाहरूको प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकोले समयानूकुल नयाँ–नयाँ अभ्यासबाट बालबालिकाहरूलाई अगाडि बढाउनुपर्ने औँल्याउनुभयो । उहाँले आत्मविश्वास, जाँगर र उत्साहका साथ प्रस्तुति दिने नानीबाबुहरूलाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले स्वास्थ्य बलियो भए विद्यार्थीले हरेक चुनौतीको सामना गर्न सक्ने भएकोले स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन अभिभावकहरूसमक्ष अनुरोध गर्नुभयो ।
कार्यक्रममा शिक्षिका सीता प्रजापति र प्रशिक्षक देवना जोशीले विषयवस्तुमा आधारित प्रस्तुतीकरणबारे बताउनुभयो । शिक्षिका सुलोचना छ्वाजूले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षिकाहरू विणा कर्माचार्य, अमृता प्रजापति र प्रमिला धौबञ्जारले पनि बोल्नुभयो ।
कार्यक्रममा कक्षा १, २ र ३ का विद्यार्थीहरूले विविध विषयमा नृत्य, गीत, भाव, नाटक, संवाद, अन्तरक्रियाको माध्यमबाट आकर्षक प्रस्तुति प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *