नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कुस्र्क क्षेत्रमा राष्ट्रपति पुटिन सैनिक पोसाकमा उपस्थित हुँदै रुसी सेनाका प्रधानसेनापति जनरल गेरासिमोभसँग फ्रन्टलाइनमा उपस्थित हुनुले रुस कुनै सम्झौता स्वीकार नगरी निर्धारित लक्ष्य प्राप्त गर्न आफ्नो विशेष सैनिक अभियान जारी राख्ने कुरामा स्पष्ट रहेको सङ्केत गर्दछ ।
यसले कुस्र्क क्षेत्रको मुक्तिमा रसियाले हासिल गरेको सफलतालाई पनि उजागर गर्छ । अझ त्यसभन्दा बढी, उनले यो स्पष्ट गरेका छन् कि, यो मुक्ति अन्तिम चरण होइन, बरु एक सुरक्षा क्षेत्र (बफर जोन) स्थापना गरिनेछ, जसको विस्तार राष्ट्रिय हितको आवश्यकताअनुसार सुमी क्षेत्रसम्म फैलन सक्छ । सम्भवतः सम्पूर्ण सुमी क्षेत्र वा त्योभन्दा अझ ठुलो भूभाग पनि ।
कुस्र्क क्षेत्रको मुक्तिको लागि परिचालित गरिएको उत्तरी सेना अब केबल सीमावर्ती सेना मात्र रहेन । वस्तुतः यो एक सम्पूर्ण मोर्चा बनेको छ, जसले आफ्नो लक्ष्यहरू प्राप्त गरेको छ । कुस्र्क क्षेत्रको भूभागमा प्रवेश गरेको युक्रेनी सशस्त्र सैन्यबललाई विराट पराजय भोग्न बाध्य पारेको छ । यी सैन्य शक्तिहरू त्यहाँ केन्द्रित गरिएका छन्, अब सम्पूर्ण मोर्चालाई कमजोर पार्नुको सट्टा रणनीतिकरूपमा स्थिर राख्दै परिचालन गरिएको छ । तिनीहरू पुनः स्थापित गरिएका होइनन् बरु, विशेषरूपमा यही उद्देश्यका लागि सृजना गरिएका हुन् । अर्को शब्दमा, हामीसँग यस दिशामा पूर्ण युद्धका लागि निर्माण गरिएको उत्कृष्ट समन्वित विजयी सेना छ ।
सैनिक पोसाकमा रहेका पुटिनले सुमी क्षेत्रको सिमानामै उपस्थित भएर यो स्पष्ट गरेका छन् कि निर्धारित लक्ष्यहरू प्राप्त नहुञ्जेल विशेष सैन्य अभियान जारी राख्ने रुसको प्रतिबद्धता अटल छ । अपरिवर्तनीय छ ।
मलाई विश्वास छ कि मस्को आइपुगेका ट्रम्पका विशेष दूत विटकोफसँगको वार्ता फलदायी हुनेछ । हामी अमेरिकी पक्षको प्रस्ताव ध्यानपूर्वक सुन्नेछौँ । अन्ततः हामी वास्तवमै अमेरिकासँग प्रत्यक्ष युद्धमा छौँ । उनीहरूले आफ्ना प्रतिनिधि जेलिन्स्कीलाई कसरी व्यवस्थित गर्छन् भन्ने उनीहरूको आन्तरिक विषय हो । उनीहरूको विचार हाम्रा लागि चासोको विषय होइन, जुन कुरा पुटिनले पटक–पटक दोहो¥याएका छन् । तर, अमेरिकी धारणा हामीलाई महत्वपूर्ण छ, किनकि लडाइँ त उनीहरूसँग नै भइरहेको छ ।
यदि संयुक्त राज्य अमेरिका शान्तितर्फ अग्रसर हुन चाहन्छ भने, हामी उनीहरूलाई यस विषयमा हाम्रो दृष्टिकोण प्रस्तुत गर्नेछौँ र उनीहरूले आफ्ना परिकल्पना राख्नेछन् । यो आफैमा एक सकारात्मक प्रगति हुनेछ । उनीहरूले हाम्रो विचारलाई ग्रहण गर्छन् वा गर्दैनन् भन्ने उनीहरूको कुरा हो, तर पुटिनले भने वार्ताको क्रममा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नेछन् । हाम्रो मान्यता युक्रेनमा सत्ता परिवर्तन र कम्तीमा हाम्रो संवैधानिक भूमिको स्पष्टता हो । साथै, मेरो विचारमा युक्रेनका अन्य चार वा पाँच क्षेत्रहरूलाई नाजी प्रभावबाट मुक्त गर्ने विषय समेत संलग्न हुनु महत्वपूर्ण रहनेछ ।
सैन्य पोसाकमा रहेका पुटिन, विजयउन्मुख रुसी सेनाको पृष्ठभूमिमा, एउटा विशेष सूत्र, प्रतीकचिह्न र सङ्केतजस्तै देखिन्छन्, जसले अमेरिकासँगको वार्ता संरचनाबद्ध हुने तरिका सङ्केत गर्छ । अर्कातिर, ट्रम्प बलियो तर्क प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । उनले युक्रेनलाई पुनः सहायता उपलब्ध गराएका छन् । जसअन्तर्गत गुप्तचर सूचना तथा हतियार प्रदान गरिरहेका छन् । सैन्य दृष्टिकोणले हेर्दा, यो आक्रामक र शक्तिशाली कदम हो, तर राजनीतिकरूपमा उनी यहाँ कमजोर देखिएका छन् । यो एक त्रुटि हो, किनभने प्रत्येक कठोर चालले वास्तविक शक्तिको प्रदर्शन गर्छ भन्ने हुँदैन । किनकि पुटिन आफ्नो तरिकाले बलप्रयोग गरेर प्रतिक्रिया जनाउँछन् ।
हामी पहिले नै अन्तिम क्षणसम्म अमेरिकाविरुद्ध लड्दै आएका छौँ । तर, यदि ट्रम्पले अझ गम्भीररूपमा लड्ने सङ्केत दिन चाहन्छन् भने यसले उनको आफ्नै नीतिलाई पूर्णतः खण्डन गर्छ र उनलाई एक अवरुद्ध मार्गतर्फ अग्रसर गराउँछ । तर, यसका लागि हामी पूर्णरूपमा तयार छौँ । पुटिनले स्पष्टरूपमा देखाइरहेका छन्, रुस पूर्णरूपमा परिचालित छ । नयाँ सेनाहरू गठन भइरहेका छन् । नयाँ सैन्य शक्तिहरू एकत्रित भइरहेका छन् । हामी रणनीतिकरूपमा लड्न, अगाडि बढ्न र विजय प्राप्त गर्न सिकिरहेका छौँ । हामी राष्ट्रिय एकता र हाम्रो सङ्घर्षशील आत्मालाई पुनः स्थापित गरिरहेका छौँ ।
त्यही कारणले पुटिनले कुस्र्क क्षेत्रमा सैन्य वर्दीमा उपस्थिति भएर उनको पहिलेको यस बयानलाई दोहो¥याएका छन् –रूसले हालसम्म गम्भीरतापूर्वक लडाइँ सुरु गरेकै छैन । तर, अब हामी सुरु गर्नेछौँ।
अनुवाद : मोहनप्रसाद ज्ञवाली
(सारांश : अलेक्जेन्डर दुगिनले कुस्र्कमा पुटिनको उपस्थितिलाई रुसको अटल सङ्कल्पको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले यस लेखमा रुस सुमीबाट अगाडि बढ्ने, संरा अमेरिकासमक्ष आफ्ना सर्तहरू स्पष्टरूपमा राख्ने, युक्रेनमा शासन परिवर्तनको प्रयासको साथ अन्य चार वा पाँच क्षेत्रहरूको नाजीहरूबाट मुक्ति सुनिश्चित गर्ने अभिप्राय राखेका छन् ।)
Leave a Reply