भर्खरै :

निओ फ्युजन ओपन रोभर/रेञ्जर क्र्युले युवा लक्षित कार्य प्रस्तुति कार्यक्रम

निओ फ्युजन ओपन रोभर/रेञ्जर क्र्युले युवा लक्षित कार्य प्रस्तुति कार्यक्रम

भक्तपुर, २ चैत । निओ फ्युजन स्कूल अफ कम्प्युटरबाट सञ्चालित निओ फ्युजन ओपन रोभर/रेञ्जर क्र्युको आयोजनामा ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय तालिम केन्द्रमा एकराते दुईदिने रोभर रेञ्जर क्याम्प सम्पन्न भएको छ ।
युवालाई आत्मश्वाबलम्वी बनाउने उद्देश्यकासाथ स्वजीवन रक्षा तथा परजीवनलाई सहायता कसरी गर्ने सकिन्छ भन्ने कुरा बुझाउन यस क्याम्पको आयोजना भएको हो ।
युवावर्गलाई स्वदेशप्रतिको माया, कर्तव्य तथा दायित्वबोध गराउन यो रोभर रेञ्जर तालिम क्याम्प गरेको रोभर लिडर बालकृष्ण बनमालाले बताउनुभयो ।
तालिममा सहभागी रोभर रेञ्जरहरूले शिवपुरी राष्ट्रिय निकुञ्जभित्र स्वजीवनको रक्षार्थको सीप विकासको पाठ पढाएको हो । उक्त क्याम्पमा सहभागी भएकाहरूले आफ्ना सामूहिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
भएको रजाइ होइन नभएकोमा आफ्ना जीवन कसरी अगाडि बढाउन सकिन्छ भन्ने मूल प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा स्काउट शिक्षक पुष्पा प्रजापतिले यस क्याम्पमा आफ्नो सहभागिताका साथै आफूमा निहित स्काउट शिक्षा अरूमा बाँड्न पाउँदा खुसी व्यक्त गर्नुभयो । कोर समितिका अध्यक्ष तथा स्काउट शिक्षक निरञ्जन बेकोजुले युवालाई प्राविधिक ज्ञान दिई स्वदेशमै रोजगारीको व्यवस्थापन गर्न सकिने र युवा लक्षित यस कार्यक्रममा सहभागीलाई नवीनतम प्राविधिक सीपको आधारभूत सीप दिन पाएकोमा हर्षित भएको बताउनुभयो ।
कार्यक्रममा समूह ‘क’ का संयोजक तथा सिनियर टीममेट सविन लेवाले भावी युवालाई आफ्नो समूहले तयार पारको २४ वटा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
त्यस्तै समूह ‘ख’ का सृजन लवजुले आफ्ना समूहले तयार गरेको युवा लक्षित शारीरिक क्रियाकलाप प्रस्तुत गर्नुभयो । समूह ‘ग’ का लिडर प्रिजेन्ट कर्माचार्यले समाजमा युवाको भूमिकालाई बलियो बनाउन खेल्नुपर्ने भूमिका विषयमा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विमद बहालाले पनि बोल्नुभएको थियो । कार्यक्रमले स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको पूरा क्षेत्र अवलोकन भ्रमण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *