कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २ चैत । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारा सहित ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा श्रमिक महिला दिवस मनाइयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले अमेरिका, बेलायत, फ्रान्स लगायतका देशमा सन् १८८९ मा पुरुषसरह महिलाहरूले ज्याला नपाएको महिलालाई मताधिकार नभएको† शिक्षा, स्वतन्त्रता नपाएको विरुद्ध महिला आन्दोलन चर्केको इतिहास चर्चा गर्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले महिलाहरू शिक्षित, दिक्षित, बोली वचन संस्कार नभएसम्म समाज अगाडि बढ्न नसक्ने यथार्थलाई मनन गर्दै महिलाहरूलाई प्रौढ कक्षा सञ्चालन गरिनुका साथै राजनैतिक चेतना फैलाउँदै अन्याय, अत्याचार, शोषणविरुद्ध मौलिक र राजनैतिक अधिकार प्राप्तिको लागि सङ्घर्षशील भावनालाई बुलन्द गर्दै समाजलाई दिशा निर्देशित गरिरहेको छ भन्नुभयो ।
भोजभतेरलाई तडकभडक नगरी मितव्ययिता अपनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै उहाँले युवाहरू विभिन्न कुलत, दुव्र्यसनीमा फसिरहेको बताउँदै समाजमा फैलिएका विकृति विसङ्गगतीहरू हटाउन छोरा र छोरी, बुहारी र छोरीसरह व्यवहारमा समानता परिवर्तन ल्याउन महिलाहरू नै चेतनशील सङ्गठित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाको हरेक गतिविधिहरू पारदर्शीरूपमा नगरवासीहरूको साथसहयोग र सल्लाहअनुसार निःस्वार्थरुपले अगाडि बढिरहेको स्पष्ट पार्दै समाज परिवर्तनका लागि महिलाहरू सक्रिय एकीकृत हुन जरुरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्य रोशनमैया सुवालले महिलाहरू अध्ययनशील चेतनशील, सङ्गठित भई सङ्घर्षशील हुन सकेमात्र समाजलाई बदल्न सक्ने स्पष्ट पार्दै महिलाहरूको संकुचित भावनालाई त्यागेर दरिलो परिवर्तनकारी सोचका साथ जोशिलो र जाँगरिलो भई अगाडि बढ्न प्रेरणा दिनुभयो ।
स्थानीय महिला प्रतिनिधि कमला सिजख्वले नेपाल मजदुर किसान पार्टीको शिक्षा, स्वास्थ्य तथा सफाइ आन्दोलनले महिलाहरू घरायसी कार्यमा मात्र सीमित नरही सामाजिक, राजनैतिक क्षेत्रमा अग्रसर हुन प्ररणा हौसला मिलिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply