भर्खरै :

कार्यकर्ताहरू इमानदार, मेहनती, कर्तव्यनिष्ठ र निडर हुनुपर्ने

कार्यकर्ताहरू इमानदार, मेहनती, कर्तव्यनिष्ठ र निडर हुनुपर्ने

कैलाली, ३ चैत । नेपाल मजदुर किसान पार्टीको कैलाली आयोजनामा पार्टीको आठौं महाधिवेशनको समीक्षा कार्यक्रम शनिबार लम्किचुहामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले महाधिवेशनमा विधान संशोधन, नीति निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव आदिका बारेमा छलफल तथा निर्णय हुने बताउनुभयो ।
उहाँले समाज रातारात परिवर्तन नहुने उल्लेख गर्दै भक्तपुरमा भएको परिवर्तन पनि लामो समय लागेको बताउनुभयो । उहाँले हामी भर्खरै वामे सर्न लागेको बताउँदै हामीले धेरै सङ्घर्ष र मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष तथा केन्द्रीय सदस्य रमेशकुमार रावलले नेमकिपाका कार्यकर्ताहरू इमानदार, मिहेनत, कर्तव्यनिष्ठ र निडर हुने बताउँदै पार्टीको निर्देशनअनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट नेताहरूको जीवनी ‘श्रमिक’ र ‘मजदुर’ दैनिकको अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले मजदुर र किसानलाई कम्युनिस्ट विचारधाराबारे बुझाउन सकियो भने नेपालमा समाजवादी व्यवस्था ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
समीक्षा कार्यक्रममा नेमकिपा कैलालीका सचिव गगनबहादुर थापा मगर, सदस्य हरिकला विष्ट, देवि अधिकारी, तारा तिरूवा, जानकी शाही, नेक्रायुसङ्घ अध्यक्ष प्रेम सिजापति, सदस्य सुनिता भण्डारा, नेक्राकिसङ्घ सदस्य लोकबहादुर ओली, नेक्राविसङ्घ अम्मरपुर एकाई अध्यक्ष ओविन नेपाली, तिलकपुर एकाइ सदस्य गोपाल गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *