भर्खरै :

अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिता प्रचारार्थ उपप्रमुख जोशीद्वारा विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग भेट

अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिता प्रचारार्थ उपप्रमुख जोशीद्वारा विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग भेट

भक्तपुर, ३ चैत । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वको टोलीले भनपाको आयोजनामा चैत २३–२६ गतेसम्म हुन गइरहेको ‘अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिता’ को प्रचारप्रसारको सिलसिलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग आज छुट्टाछुट्टै भेट ग¥यो ।
उपप्रमुख जोशीले शङ्करापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कागेश्वरी मनोहरा नपाका उपप्रमुख शान्ता थापा, गोकर्णेश्वर नपाका उपप्रमुख सान्नानी लामा, मध्यपुर थिमि नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलाई सम्बन्धित नगरपालिकाको कार्यालयमा गई भक्तपुर नगरपालिकाको निमन्त्रणामा हुन गइरहेको अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिताको सहभागिताको लागि पत्र, खेलाडी दर्ता फाराम, प्रतियोगिताको प्राविधिक नियमावलीलगायत नपाका प्रकाशनहरू हस्तान्तरण गर्नुभयो ।
भनपाबाट उपप्रमुख जोशीको नेतृत्वको टोलीमा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञानबहादुर मानन्धरलगायत जिम्न्यास्टिक सङ्घका पदाधिकारीहरू रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *