फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ३ चैत । सिर्जना अभियान समाजको संयोजन तथा स्वर प्रकाशनको आयोजनामा वरिष्ठ कथाकार धनमान श्रेष्ठद्वारा लिखित कथाहरूको प्रतिनिधि सङ्कलन धनमान श्रेष्ठका प्रतिनिधि कथा सार्वजनिक गरिएको छ । कार्यक्रममा नइ प्रतिष्ठानका अध्यक्ष इन्दिरा प्रसाईले उक्त कृतिको सार्वजनिक गर्दै सतासी वर्षको उमेरमा धनमान श्रेष्ठको यो सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।
कथाकार धु्रव मधिकर्मीले धनमान श्रेष्ठका प्रतिनिधि कथामा छ दशकभित्र लेखिएका कथाहरूको सङ्कलन भए पनि यसमा भएका प्रायः सबै कथामा समसामयिक जीवनका मूल मर्मलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
नेपालभाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले कथाकार श्रेष्ठलाई शुभकामना दिँंदै उहाँ त्यतिबेला भक्तपुरको आइडल भएको स्मरण गर्नुभयो ।
समालोचक ठाकुर शर्मा भण्डारीले धनमानका कथा सरल र पठनीय रहेको बताउनुभयो ।
कृतिका स्रष्टा कथाकार धनमान श्रेष्ठले आफूले समय र समाजलाई हेरेर कथामा मानवीय भावनालाई महत्व दिने गरेको उल्लेख गर्नुभयो ।
स्वर पत्रिकाका प्रधानसम्पादक कार्तिकेय घिमिरेको सम्पादनमा भएको सो कार्यक्रममा समीक्षक विमला रानामगर र सुदीप हाडाले पनि आआफ्ना विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वर प्रकाशनले कथाकार श्रेष्ठलाई सतासी वर्ष प्रवेशको अवसरमा दोसल्ला ओढाएर सम्मान पनि ग¥यो ।
Leave a Reply