फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ३ चैत । वागीश्वरी कलेजमा चैत १ देखि सुरु भएको तीनदिने शिक्षक क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भयो ।
समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीलाई जसरी भए पनि परीक्षा उत्तीर्ण गर्नेभन्दा सीपयुक्त दक्ष जनशक्ति बनाउनेतर्फ शिक्षकहरूको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “बजारमा परीक्षा उत्तीर्ण गर्ने सामग्रीहरू धेरै किन्न पाइन्छन् तर सीप र दक्षता किन्न पाइँदैन; हामीले यसैमा जोड दिनुपर्छ ।”
अबको युग ज्ञानार्जन कक्षा कोठामा मात्र सीमित नभएको चर्चा गर्दै उहाँले कक्षा कोठा बाहिर पनि जताततै ज्ञानार्जन गर्न सकिने भएको हुँदा नयाँ पुस्ताको स्मार्ट विद्यार्थी सुहाउँदो शिक्षक हुन नसके अब नटिक्ने हुँदा शिक्षक पनि डिजिटल प्रविधिमैत्री हुन आवश्यक छ भन्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष एवं वागीश्वरी कलेज सभा सदस्य योगेन्द्रमान बिजुक्छेँले पुरानो शिक्षण विधिले अबको नयाँ पुस्तालाई चित्त बुझाउन नसकिने हुँदा तालिम समयानुकूल रहेको चर्चा गर्दै यस किसिमको तालिम भक्तपुर नगरका अन्य शिक्षकहरूलाई दिन पहल गर्ने बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी मङ्गलेश्वर ध्वोंजुले तालिममा सिकेको सीप कक्षा कोठामा उतार्ने प्रयास आफूहरूले गर्ने वचन दिनुभयो ।
उक्त तालिममा त्रिवि शिक्षाशास्त्र सड्ढाय केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक रोमकान्त पाण्डेका साथ विज्ञहरू सुरेशबहादुर बियाल, डा. बेदप्रसाद ढकाल र नवराज घिमिरेले तालिम दिनुभएको थियो ।
Leave a Reply