भर्खरै :

इजरायलले गाजामा पुनः गरेको आक्रमणमा परी २२० जनाको मृत्यु

इजरायलले गाजामा पुनः गरेको आक्रमणमा परी २२० जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रहरू, १८ मार्च (एएफपी) । मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजापट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ ।
उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।
इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको, “हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार गरेपछि अपरेसनको आदेश दिइएको थियो । इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ ।”
एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।
“नेतन्याहु र उनको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्,” हमासले एक विज्ञप्तिमा भन्यो ।
इजरायली प्रधानमन्त्रीलाई आन्तरिक सड्ढटहरूबिच टिकिरहन राजनीतिक ‘जीवनरक्षक’ का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाउँदै हमासले भन्यो, “युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने निर्णय हो ।”
एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।
इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह
इजरायलले जनवरीको युद्धविरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मङ्गलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।
“बन्धकहरूका परिवारहरूले आज बिहान प्रधानमन्त्री, रक्षामन्त्री र वार्ता टोलीका प्रमुखसँग बैठकको माग गर्छन्, जसमा उनीहरूलाई बन्धकहरूलाई सैन्य दबाबबाट कसरी जोगाउने र उनीहरूलाई कसरी फिर्ता ल्याउने इच्छा छ भनेर आश्वासन दिइनेछ”, बन्धक एवं बेपत्ता परिवार मञ्चले एक विज्ञप्तिमा भनेको छ, “बन्धकहरूको हत्या र बेपत्ता हुन रोक्नुहोस्, पहिले, तिनीहरूलाई फिर्ता गर्नुहोस् । त्यसपछि अरू सबै कुरा भन्दै बन्धकका परिवारहरूले माग गर्नेछन् ।”
बन्धकहरूका परिवारहरूले मङ्गलबार पछि जेरुसेलममा नेतन्याहुको कार्यालय बाहिर विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
नेतन्याहुले जनवरी १९ मा युद्धविराम सुरु भएयता सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरू फिर्ता नहुँदासम्म गाजामा लड्ने प्रतिज्ञा गरेको छ ।
“बन्धकहरूका परिवारहरूले आफ्ना प्रियजनहरूको भाग्यका लागि जिम्मेवार सरकारी अधिकारीहरूसँग बैठकका लागि याचना गरिरहेका छन् । उनीहरूको याचना अनुत्तरित छ”, परिवारहरूले एक वक्तव्यमा भनेका छन्, “अब स्पष्ट हुन्छ – सरकारी अधिकारीहरूले उनीहरूसँग भेटघाट गरेनन् किनकि उनीहरूले युद्धविरामको ध्वंसको योजना बनाइरहेका थिए, जसले उनीहरूका परिवारका सदस्यहरूलाई बली चढाउन सक्छ ।”
हमासको सन् २०२३ अक्टोबरको आक्रमणमा पक्राउ गरिएका दुई सय ५१ बन्धकमध्ये ५८ जना अझै पनि गाजामा राखिएका छन् तीमध्ये ३४ जना इजरायली सेनाले मृत भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *