भर्खरै :

संस्था दिगो हुन नीति, विधि र प्रविधिबाट सञ्चालन हुनुपर्ने

संस्था दिगो हुन नीति, विधि र प्रविधिबाट सञ्चालन हुनुपर्ने

भक्तपुर, १० चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको प्राविधिक साझेदारीमा ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नीति र विधिबिना व्यक्तिगत निर्णयबाट सञ्चालित सहकारी सहकारी नभई एकलौटी व्यवसायजस्तो हुँदा सहकारी संस्थाहरूमा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।
जारी अध्यादेशले नेपालभरिमा कुनै एक प्रकृतिमा सदस्य भएपछि अर्को सोही प्रकृतिको सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उहाँको भनाइ थियो । व्यक्तिगत बचतको सीमालाई सस्ंथागत पुँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत सङ्कलन गर्न पाउने गरी प्रतिस्थापन विधेयक पारित गरेको उहाँले जानकारी गराउनुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था सञ्चालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ति शुद्धीकरण निवारण कार्यविधिलगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानुनअनुसार अद्यावधि गर्नुपर्ने बताउनुभयो । कार्यविधि काम गर्ने विधि भएकोले उक्त विधिलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयानुकूल परिमार्जनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेफ्स्कुनका तालिम अधिकृत रवीन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गा¥हो भए तापनि कार्यविधिले कानुनसम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । तालिममा सिकेका कुराको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कार्यविधि निर्माणले काम गर्न सहजतासमेत हुने बताउनुभएको थियो ।
तालिममा सहभागीहरूले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाइ भएकोले खुसी व्यक्त गर्नुभयो । तालिममा सङ्घमा आबद्ध संस्थाहरूका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरू गरी ३४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन सङ्घका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *