सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत भनपा ७ को महेश्वरी खेल मैदानमा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा विभिन्न विद्यालय, टीम, क्लव, पुस्तकालय, सहकारी सङ्घ संस्था एवं स्थानीय जनसमुदायहरूको सहभागितामा सम्पन्न भएको उक्त सरसफाइ कार्यक्रममा वर्षात्ले जम्मा गरेको हिलो माटो, पानीपासमा जम्मा भएका हिलो माटो झारहरू सफा गर्नुका साथै दुबो कटिङ गरिएका थिए ।
कार्यक्रममा भनपा ७ का वडाध्यक्ष उकेश कवांले विगत लामो समयदेखि नगरपालिकाले सरसफाइ क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले नागरिक भावनाको विकास गर्न सके मात्र नगरपालिकाले गर्दै आइरहेको कार्य सफल हुने चर्चा गर्नुभयो ।
नगरवासीको स्वास्थ्य, शिक्षा तथा सरसफाइ क्षेत्रमा निरन्तर काम गरी आएको हुनाले सफा नगरको रूपमा भक्तपुरले परिचय बनाएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा ४ नं. वडाध्यक्ष उपेन्द्र सुवाल, हरिरत्न गोर्खालीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply