सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रको आ.व. २०८२/८३ को वार्षिक प्रगति विवरण समीक्षा कार्यक्रम भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक एवम् भनपा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका कर्मचारीहरूबिच बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाको पर्यटक सेवा शुल्क नै आन्तरिक स्रोतमा प्रमुख स्रोत रहेको अवगत गराउँदै कर्मचारीहरूले विगतमा भन्दा अझ प्रभावकारी ढङ्गले कार्य गर्न जोड दिनुभयो ।
उहाँले भनपामा प्राकृतिक स्रोतको कमी भएकोले आन्तरिक स्रोतमा पर्यटन प्रवद्र्धनबाट आन्तरिक स्रोतलाई थप मजबुत बनाउन नगरपालिका लागिपरेको बताउनुभयो ।
विगतमा अग्रजहरूले पर्यटक सेवा शुल्क सङ्कलन गर्न गरेको योगदान स्मरण गराउँदै नगरपालिकाले बाह्य पर्यटनका साथै आन्तरिक पर्यटन विकासलाई पनि महत्वका साथ पर्यटनकेन्द्रित गतिविधिहरू अगाडि बढाउने योजनाबारे जानकारी दिनुभयो ।
उहाँले यहाँको पर्यटन विकासका लागि नै नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाहरू संरक्षण गर्दै सरसफाइलाई विशेष जोड दिएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरमा पर्यटनको विकास गर्न कर्मचारी, जनप्रतिनिधि, संस्कृतिकर्मी, सम्पदाविद्, इतिहासविद् र सरोकारवालाहरूसँग सल्लाह र समन्वय गरी नयाँ आ.व. २०८३/८४ का लागि थप योजना तथा कार्यक्रम प्रस्तावबारे छलफल गर्दै अगाडि बढिरहेको प्रस्ट पार्नुभयो । कर्मचारीहरूले ऐतिहासिक नगर भक्तपुरबारे जानकारी राखी पर्यटकहरूलाई सही सूचना प्रदान गर्न अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुरको विकासका लागि गरेका महत्वपूर्ण योगदानहरूबारे स्मरण गर्दै अग्रजहरूले भ्रष्टाचारविरोधी आन्दोलनबाट बहुसङ्ख्यक किसानहरूको हितका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टी भ्रष्टाचारमुक्त समाज निर्माणको लागि सङ्घर्षरत रहेको र जनताको निःस्वार्थ सेवा गर्नु नै हाम्रो कर्तव्य हो भन्नुभयो ।
कर्मचारीहरू जनताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने हुनाले थप जिम्मेवार भई आफ्नो कर्तव्य पूरा गर्न पनि उहाँले जोड दिनुभयो । दैनिक कामकाजको सिलसिलामा अझ थप पारदर्शी ढङ्गले आर्थिक अनुशासनमा रही जिम्मेवारीका साथ काम गर्न पनि उहाँले सचेत पार्नुभयो ।
पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले आ. व. २०८२/८३ सालको पर्यटक आगमन तथ्याङ्क प्रस्तुत गरी वार्षिक प्रगति समीक्षा गर्नुभयो ।
भक्तपुरमा आ.व. २०८२/८३ मा गैरसार्कतर्फ १,११,४४५ जना पर्यटक, सार्क तथा चिनियाँ पर्यटकतर्फ १,१०,५३१ जना गरी कुल २,२१,९७६ जना पर्यटकहरूले भक्तपुर भ्रमण गरेको जानकारी दिँदै भक्तपुरमा पर्यटनसम्बन्धी गतिविधि तथा पर्यटन क्षेत्रका चुनौतीहरूबारे पनि उहाँले जानकारी दिनुभयो ।
Leave a Reply