परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, १० चैत । बाराही बचत तथा ऋण सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक विश्वराम त्वायनाको सभापतित्व र अध्यक्ष राधेश्याम सुवालको आतिथ्यमा ग्लोबल मनि वीक २०२५ (मार्च १७–२३) को अवसरमा सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो ।
यस सहकारी शिक्षा शिविरको मुख्य उद्देश्य एकहप्ते ग्लोवल मनी वीकलाई सार्थक बनाउन विश्वभरिको बैङ्क वित्तीय संस्थाले यो एक हप्ताको लागि आ—आफ्ना सदस्य तथा सरोकारवालाहरूलाई वित्तीय जानकारीको पुनः ताजिकीकरण गराउने, पैसाको महत्व बुझाउने, आम्दानीका स्रोत, बचतका स्रोत, ऋण सापटीको जोखिम, लगानी गर्ने तरिका आदिबारे थप सुसूचित गराउने उद्देश्यले सञ्चालित यो एक हप्तालाई सफल पार्न बाराही साकोसका सदस्यहरूलाई वित्तीयरूपमा साक्षर बनाउन सहकारी शिक्षा शिविर सञ्चालन गरेको थियो ।
संस्थाको शिक्षा उपसमितिको आयोजनामा भएको उक्त शिविरमा संस्थाका अध्यक्ष राधेश्याम सुवालले हाल चर्चा परिचर्चामा भइरहेको सहकारी ऐन, नीति, नियम र सहकारी नियमन प्राधिकरणको बारेमा जानकारी गराउनुभयो ।
अध्यक्षता ग्रहण गर्दै विश्वराम त्वायनाले संस्था चिन्ने तरिका, ब्याजको लोभमा नफस्न र अरूको बहकाईमा नजान र केवाइएम फारम अनिवार्य रूपमा सबै सदस्यले भर्न अनुरोध गर्दै सदस्यहरूको टीकाटिप्पणीको प्रतिउत्तरसहितको आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
शिक्षा शिविर कार्यक्रममा संस्थागत प्रस्तुति संस्थाका लेखा अधिकृत श्रीकृष्ण ख्याजुले सरल तथा प्रभावकारी माध्यमबाट संस्थाको बित्तीय सेवा सुविधाबारे जानकारी दिँदै हालको प्रविधि सँग सदस्यहरूलाई जानकार रहन मोबाइल बैङ्किङसम्बन्धी जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सदस्य रवेन्द्र सुवाल र रोजिस त्वाती आदिले बोल्नुभएको थियो ।
Leave a Reply