भर्खरै :

भारतले चन्द्रमामा दोस्रो यान पठाउने

भारतले आगामी अप्रिलमा चन्द्रमा आफ्नो दोस्रो मिसन पठाउने भएको छ । गएको शुक्रबार त्यसको सार्वजनिक घोषणा गरिएको हो । चन्द्रमामा जाने भारतीय मिसनको नामाकरण चन्द्रायन–दुई राखिएको छ । ८ सय करोड भारुको लागतमा सो यान बनाइएको हो । भारतीय नक्षेत्र अनुसन्धान संगठनले सो यान निर्माण गरेको हो ।
चन्द्रायन–दुईले चन्द्रमामा मानव बस्ती विकासको सम्भाव्यताको ढोका खोल्न सक्ने भारतीय सरकारी निकायको दाबी छ ।
चन्द्रायन–दुईमा कोही मानिस भने हुनेछैन । अप्रिलमा मौसमको कारण प्रक्षेपण गर्न नसके लगत्तैको अक्टोबरमा त्यसको प्रक्षेपण गरिनेछ ।
वैज्ञानिकहरुका अनुसार सो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरिनेछ । त्यहाँको चट्टान लाखौं वर्ष पुरानो भएका कारण ब्रम्हाण्डको उत्पत्तिबारे बुझ्न यो मिसनले सहयोग गर्न सक्ने उनीहरुको भनाई छ ।
भारतले चन्द्रायण–प्रथम नामको पहिलो मिसन सन् २००८ को अक्टोबरमा पठाएको थियो । त्यसले आफ्ना अधिकांश लक्ष्य हासिल गर्न सफलता हासिल गरे पनि सन् २००९ अगस्टमा सम्पर्क विच्छेद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *