हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
कञ्चनपुर, १२ चैत । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज कोइरालाले पार्टीको विधानबारे प्रशिक्षण दिनुभयो । उहाँले कम्युनिस्टहरू कामदारवर्गको हितमा इमानदारीपूर्वक सङ्घर्ष गर्ने उल्लेख गर्दै देशको सार्वभौमिकता रक्षा र श्रमिक जनताको पक्षमा संसारमा भएका सबै न्यायप्रेमी जनताको पक्षमा कम्युनिस्टहरूले ऐक्यबद्धता प्रकट गरिरहेको चर्चा गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरूले गरेका देशघाती र जनविरोधी क्रियाकलापकहरूको कारण जनतामा राजनीतिप्रति वितृष्णा जागेको चर्चा गर्दै कामदार जनताको हित हुने समाजवादी गणतन्त्र स्थापनाको सङ्घर्षमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य रमेशकुमार रावलले पार्टीको आठौँ महाधिवेशनबाट पारित निर्णय तथा प्रस्तावहरूबारे जानकारी दिनुभयो ।
नेमकिपा कञ्चनपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक दलबहादुर बोहराले कम्युनिस्ट अनुशासन कडा हुने र शोषित जनताप्रति उत्तरदायी हुने बताउनुभयो ।
भेलामा पार्टीका पदाधिकारीहरू मिनु गिरी र परमानन्द भट्टले पनि बोल्नुभयो ।
यसअघि पार्टी जिल्ला समितिको आयोजनामा दोधारा चाँदनी नगरपालिका वडा नं. १ चाँदनीमा स्थानीय कार्यकर्ताहरूको भेला सोमबार सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले पुँजीवादी व्यवस्थामा धनी पुँजीपतिवर्गको स्वार्थअनुकूल ऐन कानुन बनाइने र तिनकै हितमा शासन गरिने हुँदा गरिब जनताले सुख नपाइने बताउनुभयो । उहाँले कामदार जनता राजनैतिकरूपमा सचेत भई वर्गसङ्घर्षमार्फत समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलामा केन्द्रीय सदस्यहरू रवीन्द्र ज्याख्व र रमेशकुमार रावलले पार्टीको इतिहास र आन्दोलनका गतिविधिहरूबारे जानकारी दिनुभयो ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीले कञ्चनपुर जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा पार्टीको आठौँ महाधिवेशनका सन्देशहरू फैलाउने र जनतालाई समाजवादी व्यवस्थाको आवश्यकताबारे बुझाउने कार्य गरिरहेको छ । यसै क्रममा आइतबार जिल्लाको बेलडाँडी गाउँपालिकाको देखतभुलि र बेदकोट नगरपालिकाको धरमपुरमा आइतबार कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले शासक दलहरूको अकर्मण्यता र भ्रष्टाचारको कारण नेपाली जनतामा सरकार र व्यवस्थाप्रति वितृष्णा बढेको उल्लेख गर्दै समाजवादी व्यवस्था अबको विकल्प भएकोमा जोड दिनुभयो ।
उहाँले सरकारका गलत क्रियाकलापको विरोधमा देशभरि युवाहरू विद्रोहमा उत्रिएलान् भन्ने डरले वैदेशिक रोजगारीको नाममा युवालाई विदेश पलायन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त तथा योग्यताअनुसारको कामको बन्दोबस्त गर्न अहिलेको सरकार सक्षम छैन । कामदार जनताकै नेतृत्वमा समाजवादी गणतन्त्र स्थापनाको लागि जनता राजनैतिकरूपमा सचेत र वर्गीयरूपमा सङ्गठित हुनु आवश्यक छ ।”
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अमेरिकी मजदुर आन्दोलनको इतिहासबारे चर्चा गर्दै श्रमिक जनतालाई मानिसको रूपमा सम्मानपूर्वक जिउने अधिकार तथा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको व्यवस्थाका लागि कामदार जनताले लामो बलिदानीपूर्ण सङ्घर्ष गरेको बताउनुभयो ।
शासकहरूले जनतालाई मायाले अधिकार नदिने र आफ्नो अधिकार प्राप्तिका लागि कामदार जनतासामु सङ्घर्ष गर्नेबाहेक विकल्प नरहेको उहाँको भनाइ थियो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रमेशकुमार रावलले पार्टीको फागुनमा सम्पन्न आठौँ महाधिवेशनले समाजवादी व्यवस्थाको आवश्यकताबारे जनतामाझ अझ सशक्तरूपमा जाने कार्यक्रम तय गरेको बताउनुभयो ।
नेमकिपा बेदकोट नगर समितिका सुरेन्द्रराज भट्टले नेपाली जनताले हिजोभन्दा आज र आजभन्दा भोलि राम्रो व्यवस्था आएको हेर्न चाहेको र पुँजीवादी गणतन्त्रभन्दा समाजवादी गणतन्त्र राम्रो र व्यापक जनताको हित हुने व्यवस्था भएको प्रस्ट पार्नुभयो ।
Leave a Reply