ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १२ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्ञानबहादुर न्याइच्याई एक असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता भएको र भक्तपुरलाई सफा र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो ।
गणेश माध्यमिक विद्यालयका संस्थापक, भक्तपुर नगरपालिकाका पूर्वनगर प्रमुख तथा किसान नेता ज्ञानबहादुर न्याइच्याईको १४ औँ स्मृति सभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा अतिथि प्रजापतिले हो । देश र जनताको लागि राम्रो काम गर्ने व्यक्तिले अमरत्व प्राप्त गर्ने बताउँदै उहाँले नेमकिपाको नीति र निर्देशनमा रहेर जनताको हितमा उल्लेखनीय कार्यहरू गरेकै कारण आज भक्तपुरवासीहरूले ज्ञानबहादुर न्याइच्याईको स्मरण गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण भक्तपुरमा शैक्षिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले शैक्षिक परिवर्तनले भक्तपुरका महिलाहरू पनि समाजमा अगाडि बढ्ने अवसर पाएको बताउनुभयो ।
सम्पदा संरक्षण र संवद्र्धनको लागि पर्यटन सहयोग शुल्क उठाउने निर्णय उहाँकै पालामा सुरु भएको र यसले भक्तपुरको सर्वाङ्गीण विकासमा थप टेवा पु¥याएको स्पष्ट पार्दै उहाँले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
वैदेशिक ऋणको पासोमा नेपाल फस्दै गइरहेको बताउँदै उहाँले आर्थिकरूपमा स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र नहुने नेपाल एक उदाहरण बनेको छ भन्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले ज्ञानबहादुर न्याइच्याईको भौतिक शरीर नभए पनि जनताको मन मनमा रहन सफल भएको व्यक्तित्व भएको उल्लेख गर्दै उहाँ देश र जनताको हकहितको निम्ति काम गर्ने सच्चा कार्यकर्ता हुन् भन्नुभयो ।
उहाँले विदेशमा सस्तो ज्यामी बन्नुपर्ने बाध्यता निम्तिनुमा शासक दलहरू नै जिम्मेवार रहेको बताउनुभयो ।
गणेश मावि व्यवस्थापन समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले गणेश मावि स्थापनाले टोलका किसानहरूले शिक्षा हासिल गर्ने अवसर पाएको बताउँदै ज्ञानबहादुर न्याइच्याईमा सुनाउने क्षमतामात्र नभई सुन्ने धैर्यता पनि भएको बताउनुभयो ।
विद्यालयका संस्थापक सदस्य एवम् समाजसेवी कृष्णबहादुर दुगुजूले किसान हकहितमा जग्गा नापी हुँदा जोताहाको नाम उल्लेख गराउन ज्ञानबहादुर न्याइच्याईले सक्रिय भूमिका खेल्नुभएको थियो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेश माविका प्रअ गणेशराम थुसाले विद्यालय स्थापनामा योगदान गर्नुभएका शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी किसान, मजदुर, महिला, टोलवासीहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कक्षागत १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । १ मिनेट मौन धारणबाट सुरु भएको उक्त कार्यक्रममा दिवङ्गत ज्ञानबहादुर न्याइच्याईको तस्बिरमा अतिथिहरूले माल्यार्पण गर्नुभएको थियो ।
Leave a Reply