परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
सुर्खेत, ११ चैत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चैत १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले उम्मेदवारी दर्ता गरेको छ ।
जुलुससहित गएको नेक्राविसङ्घ मध्यपश्चिम विश्वविद्यालय समितिले अध्यक्षमा अस्मिता सुनार, सचिवमा सर्मिला कुमारी वि.क. र कोषाध्यक्षमा रमाकुमारी गिरीलाई उम्मेदवार बनाएको छ ।
मध्य पश्चिम विश्वविद्यालयमा भएका अघिल्ला निर्वाचनहरूमा उम्मेदवारी दर्ताका लागि १५०० देखि २००० रुपैयाँको चर्को मनोनयन शुल्क बुझाउन बाध्य थियो । शुल्क तोकेर विद्यार्थीहरू प्रजातान्त्रिक अभ्यासबाट वन्चित गर्नु प्रजातन्त्रविरोधी कदम हो । सबै विद्यार्थीले निर्वाचनमा सहभागी हुने आफ्नो अधिकार पाउनुपर्छ भन्दै नेक्राविसङ्घले आन्दोलन गर्यो । त्यसपश्चात् नेक्राविसङ्घका प्रतिनिधिसँग भएको छलफलबाट मनोनयन शुल्क अध्यक्षको १००, सचिव र कोषाध्यक्षको ५० तथा सदस्यहरूको मनोनयन शुल्क २५ रुपैयाँ कायम भएको हो । नेक्राविसङ्घको अगुवाइले सम्पूर्ण विद्यार्थीलाई राहत मिलेको छ ।
Leave a Reply