ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ११ चैत । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पार्न सहयोग गर्ने वडावासीहरूमा धन्यवाद कार्यक्रम नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ५ एकाइ समितिको आयोजनामा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “महाधिवेशन एउटा बृहत् कक्षाको रूपमा सम्पन्न भयो । कक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिइयो । नेपालको अर्थतन्त्रको आधार सवारी साधन आयातमा भन्सार कर र धूमपान र मदिरा उत्पादनमा अन्तशुल्क उठाइएको छ । यी दुवै स्रोत गलत हो । अर्थतन्त्रको आधार आन्तरिक उत्पादन हुनु आवश्यक छ ।”
पार्टीले नयाँ पुस्तालाई उत्पादन श्रमसँग जोडिएको शिक्षा दिएर सुसंस्कृत बनाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारमा गएका दलहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको हुँदा भक्तपुर नगरपालिकाले मेडिकल कलेज सञ्चालन गर्न पाएको छैन भन्नुभयो ।
“अर्थमन्त्रीले कर्मचारीलाई तलब खुवाउन धौधौ भएको बताउनु देशको अर्थतन्त्र सङ्कटमा परेको हो । सहकारी संस्थालाई यसको सिद्धान्तअनुसार उत्पादन र सेवामा लगाउनु आवश्यक छ । निजी बैड्ढहरू पनि जोखिममा परेको सार्वजनिक भइरहेको छ ।” उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका गङ्गाराम ज्याख्वले युवाहरूलाई रोजगारीको नाममा विदेश पठाएर देशको हित नहुने भएकोले युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नु जरूरी छ भन्नुभयो ।
बलराम सिबञ्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्णगोपाल राजचल र केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply