विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
हाल युरोपले बिग्रँदो एटलान्टिक–पार सम्बन्धका कारण गहन उथलपुथलको सामना गर्दै छ । केही युरोपेली सुरक्षा विश्लेषकहरूको “युरोपबाट संरा अमेरिकाको बहिर्गमन युरोपेली युनियनका लागि रूसले गर्न सक्ने आणविक अस्त्र प्रयोगबाट हुने क्षतिभन्दा बढी निराशाजनक हुन सक्दछ ।” युरोप अमेरिकाको सम्भावित बहिर्गमनलाई लिएर चिन्तित छ । यद्यपि, युरोपले बुझ्नुपर्छ, संरा अमेरिका ‘खर्चबिनाको लाभ’ चाहन्छ । युरोपले लामो समयसम्म वासिङटनको प्रभुत्वबाट आनन्द उठाइसकेको छ । संरा अमेरिकाले आफ्नो युरोपेली प्रभुत्वको आर्थिक भार अरुको शिरमाथि सार्न खोज्दै छ । उसले आफ्नो प्रभुत्व त्याग्न चाहेको भने होइन ।
दोस्रो विश्वयुद्धपछि अमेरिकाले सैन्य सुरक्षा, आर्थिक र आर्थिक नियन्त्रणमा आधारित राजनीतिक र सांस्कृतिक प्रभावसहितको युरोपकेन्द्रित विश्वव्यापी प्रभुत्व स्थापना ग¥यो । यस प्रणालीलाई कायम राख्न संरा अमेरिकाले विश्वकै सरदार र प्रहरी दुवैको रूपमा काम गर्न परेको छ । यो काम बोझिलो हुनुका साथै महँगो साबित भएको छ । यद्यपि, जब यसको तुलनात्मक शक्तिमा ¥हास आयो र कर्जामा बढोत्तरी भयो विश्वव्यापी प्रभुत्व कायम राख्न चुनौतीपूर्ण बन्यो । जवाफमा, संरा अमेरिकाले आफ्नो प्रभुत्वको आर्थिक बोझ अरूमाथि थोपर्न ‘कारोबारी कूटनीति’ अपनाउन थालेको छ । व्यवहारमा यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई विशुद्ध ब्याज खोज्ने सुदखोरी लेनदेनमा सीमित गरेको छ । वासिङटनले ‘अमेरिका प्रथम’ नीतिको नाममा आफ्नो फाइदा बढाउन समर्थक र विरोधी दुवैमाथि विश्वव्यापी प्रभुत्वको लागत सार्न खोज्दै छ । यसमा युरोप अपवाद होइन ।
हालसालै प्रख्यात अमेरिकी विद्वान् जेफ्री साख्सले युरोपेली संसदमा साहसका साथ बोल्दै युक्रेन–रसिया युद्धलाई छद्मयुद्ध भनी विस्तृत चर्चा गरे । त्यस द्वन्द्वको दोष संरा अमेरिकाको प्रभुत्ववादी कूटनीतिलाई जाने उनले प्रस्ट पारे ।
उनले युरोपलाई रणनीतिकरूपमा स्वायत्त हुन आग्रहमात्र गरेनन् बरु युरोपले चीनलाई दुश्मनको रूपमा हेर्नु गलत हुने चेतावनी दिए ।
युरोपले साख्सको भाषणलाई सहन गरेको तथ्यले युरोपको रणनीतिक स्वतन्त्रताको बहसलाई बढावा मिलेको छ ।
रसिया–युक्रेन द्वन्द्व एक छद्मयुद्ध हो भन्ने वास्तविकता स्वीकार्न युरोप लामो समयदेखि असफल छ । अमेरिकाको सुरक्षा सुनिश्चितताको भरमा युरोपको यो सत्यप्रति आँखा चिम्लियो । संरा अमेरिकाले भन्यो, “नाटो आजभन्दा बढी कहिल्यै यति एकताबद्ध भएको थिएन ।” वास्तविकता अर्कै छ । अमेरिका र युरोप द्वन्द्वमा छन्, युरोप पनि एकताबद्ध छैन । वास्तवमा, तिनीहरूको सम्बन्धमा विवाद बढ्दै छ । अब, युरोपले आफूलाई भित्तामा धकेलिएको महसुस गर्दै छ । तीन वर्ष लामो विध्वंसकारी युद्धपछि रूससँगको युरोपको राजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध मात्र चँुडेको छैन, मस्कोसँग युरोप दीर्घकालीन द्वन्द्वमा फसेको पनि छ ।
अनौठो कुरा, आफ्नो युरोप रणनीतिक स्वायत्तता वासिङटन वा ब्रसेल्समध्ये कहाँ छ भनेर युरोप प्रस्ट छैन । केही युरोपेली राजनीतिज्ञहरूको विचारमा चीन र अमेरिकाबिचको रणनीतिक प्रतिस्पर्धामा अमेरिकालाई सघाउन युरोपको महत्वपूर्ण भूमिका रहने तथ्य युरोप र संरा अमेरिकाबिचको ‘साझा हित’ को महत्वपूर्ण भाग हो । उनीहरूले चीनसँगको व्यवहारमा युरोपको अद्वितीय मूल्य चिन भनेर अमेरिकी सरकारलाई मनाउन खोज्दै छन् । तिनले संरा अमेरिकालाई एटलान्टिक–पार गठबन्धन (नाटो) कायम राख्न र युरोपलाई सुरक्षा ग्यारेन्टी दिन आग्रह गरिरहेका छन् । यद्यपि, अहिलेसम्म संरा अमेरिका यस मामिलामा उदासीन छ ।
युरोपले आफ्नोे रणनीतिक स्वायत्तता बाह्य समर्थनमा निर्भर हुन सक्दैन भन्ने तथ्यलाई मनन गर्नैपर्छ । आफ्नै हितमा आधारित स्वायत्त वैदेशिक सम्बन्ध परिभाषित गर्न युरोप अघि सर्नुपर्छ । तेस्रो पक्षले त्यसो गर्ने छैन ।
युरोपको ‘मूल्यमा आधारित विदेशनीति’ र अमेरिकाको ‘कारोबारी कूटनीति’ आधारभूतरूपमै भिन्न देखिन्छन् । ‘कारोबारी कूटनीति’ को तर्कअन्तर्गत सुरक्षाको दृष्टिले संरा अमेरिकासित घनिष्ठरूपमा बाँँधिएका देशहरू अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई कायम राख्न बाध्य देखिन्छन् । संरा अमेरिकामाथि युरोपको गहिरो सुरक्षा र आर्थिक निर्भरताका कारण अमेरिकाको प्रभुत्वको लागत व्यहोर्ने लाममा युरोप नै मुख्य तारो हुनुपर्नेछ । वासिङटनले एटलान्टिक–पार गठबन्धन अथवा अमेरिकासँग युरोपको सम्बन्ध आर्थिक लागतमा आधारित छ तथा सबै कुरा मूल्यमा होइन आर्थिक लागतका जोखिन्छ भनी स्पष्ट पारेको छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयमा एक अनुसन्धानकर्ता एवं प्राध्यापक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply