परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
गण्डकी, १३ चैत (रासस) । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरी मङ्गलबार फर्किएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका विटुबी, सेल्समिसनलगायतका प्रवद्र्धनात्मक कार्यक्रमले ठुलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानको क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गर्नुभयो ।
नेपालमा सन् २०१९ मा एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक आएकोमा त्यसपछि कोभिड–१९ का कारण सो सङ्ख्या घटेर सन् २०२० मा १९ हजार २५७ पुगेको थियो । त्यसपछि सन् २०२१ मा ६ हजार १९८, सन् २०२२ मा नौ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।
कोभिड १९ सँगै आफ्ना नागरिकलाई बाहिरी राष्ट्रमा घुमफिरका लागि रोक लगाएकोमा सन् २०२३ मार्चबाट नेपाल भ्रमण गर्न खुला गरेको थियो । त्यस वर्ष ६० हजार ८७८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख एक हजार ८७९ जना पुगेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
त्यहाँस्थित चिनियाँ पर्यटन व्यवसायीका अनुसार चीनमा अङ्ग्रेजी महिनाको जून र जुलाईमा विद्यालय बन्द हुन्छन् । सो समयमा अभिभावक आफ्ना बालबच्चा लिएर भ्रमणमा निस्कन्छन् । उनीहरू छोटो दूरीका रुपमा विशेषत हङकङ वा थाइल्यान्ड जाने गर्दछन् । थाइल्यान्डको दूरीमा रहेको पोखरा उनीहरूका लागि अर्को महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ ।
आगामी तीन महिनामा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गहुँदै सीधा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जनाएको छ ।
Leave a Reply