ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १३ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका पूर्वसल्लाहकार, नेपाल क्रान्तिकारी किसान सङ्घका पूर्व केन्द्रीय सदस्य ज्ञानबहादुर न्याइच्याईको १४ औँ स्मृतिसभा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले ज्ञानबहादुर दाइ एक इमानदार, कर्तव्यनिष्ठ, सङ्घर्षशील, निःस्वार्थी, निडर कार्यकर्ता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल क्रान्तिकारी किसान सङ्घको अगुवाइमा भएको किसान आन्दोलन, साँढे धपाउने आन्दोल, मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनका साथै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्धको आन्दोलनमा ज्ञानबहादुर दाइले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नयाँ पुस्तालाई ज्ञानबहादुर दाइको योगदानबारे प्रशिक्षित गरी सङ्घर्षशील बनाउनु जरुरी छ ।”
शासक पार्टीहरूको अकर्मण्यताकै कारण आज देश झन्झन् दुरावस्थातर्फ धकेलिँदै गएको छ भन्दै केन्द्रीय सदस्य गोसाईले पुँजीवादको विकल्प राजतन्त्र पुनःस्थापना गर्नु नभई समाजवादी व्यवस्था स्थापना गर्नु भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका उपेन्द्र सुवालले बिस्केट जात्रा भव्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नु नगरवासीको कर्तव्य भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर. प्रजापति, पूर्णगोपाल राजचललगायतले बोल्नुभएको थियो ।
Leave a Reply