भर्खरै :

अग्रज किसान कार्यकर्ता दुवालको शोकसभा

अग्रज किसान कार्यकर्ता दुवालको शोकसभा

भक्तपुर, १३ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ साबिक ५ वडा एकाइ समितिको आयोजनामा अग्रज किसान कार्यकर्ता पूर्णबहादुर दुवालको निधनमा बुधबार शोकसभाको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले अग्रज किसान कार्यकर्ता दुवाल पार्टी निर्देशनलाई इमानदारीपूर्वक पालन गर्ने असल कार्यकर्ता भएको बताउनुभयो ।
नेक्राकिसङ्घको अगुवाइमा भएका किसान आन्दोलनका गतिविधिहरूमा उहाँको सक्रियता अनुकरणीय भएको चर्चा गर्दै उहाँ जस्तै कार्यकर्ताहरूको योगदानकै कारण भक्तपुर भ्रष्टाचारविरोधी नगरको रूपमा परिचित भएको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले अग्रज किसान कार्यकर्ताको योगदानकै कारण भक्तपुरका किसानहरूका जीवनस्तरमा परिवर्तन भएको चर्चा गर्दै अग्रज किसान कार्यकर्ताहरूको सङ्घर्षबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्नु जरूरी छ भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले पूर्णबहादुर दुवालजस्ता अग्रज किसान कार्यकर्ताहरू पार्टीका गहना हुन् भन्नुभयो ।
उहाँले पुँजीवादको विकल्प राजतन्त्र पुनःस्थापना नभई समाजवादी व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
लक्ष्मीभक्त सिजख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा जीएस थुसा र गोपीकृष्ण चाँगुभारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *