भर्खरै :

वासुदेव डंगोलको स्मृतिमा कीर्तिपुरमा सभा

वासुदेव डंगोलको स्मृतिमा कीर्तिपुरमा सभा

काठमाडौँ, १३ चैत । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा वासुदेव डंगोलको तेस्रो स्मृतिमा बुधबार सभा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले वासुदेव डंगोलको योगदान देश र जनताको पक्षमा रहेको चर्चा गर्दै डंगोल साहित्य र सङ्गीतमार्फत जनतालाई सचेत बनाउने एक असल कार्यकर्ता भएको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले कीर्तिपुरमा नेमकिपाको सङ्गठन विस्तार गर्नमा दिवङ्गत डंगोलको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
कार्यक्रममा प्रशान्त महर्जन, हरिकुमार महर्जन, अशोक डंगोल र कान्छाबाबु महर्जनले अग्रज कार्यकर्ता डंगोलको योगदानबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *