नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत
- कार्तिक १९, २०८२
काठमाडौँ, १७ चैत । प्रतिनिधिसभाको बैठक आइतबार बिहान १२ बजेको लागि तोकिएको थियो । अपरान्ह १२ः४५ बजे बैठक सुरु गरियो । प्रमुख विपक्षी दल माओवादी केन्द्र र विपक्षी दलहरू रास्वपा, राप्रपाका सांसदहरूले आ–आफ्नो स्थानमा उभेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान दोहो¥याए ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको चैत १८ गते संसद्मा सम्बोधन हुने जानकारी दिनुभयो ।
राप्रपाका सांसदहरूले जनता सडकमा मरिरहेको र पत्रकारसमेतको मुत्यु भएको बारे प्रम ओलीले संसद्मा अविलम्ब स्पष्टीकरण दिनुपर्ने दोहो¥याए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ‘राजावादी यहाँ छ’ भनी छाती पिटेका थिए ।
सत्तापक्ष नेका र एमालेका सांसदहरू पनि आ–आफ्नो स्थानमा उभेर बैठक चलाउन माग गरे ।
नेकाको समर्थनमा बनेको एमालेको ओली सरकारले सङ्घीय संसद्को पाँचौँ अधिवेशन (चालु) को मुखमा ६ ओटा अध्यादेश जारी गरेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ संशोधन गर्ने अध्यादेशबाहेक ५ ओटा अध्यादेश त्यसको प्रतिस्थापन विधेयकसमेत प्रतिनिधिसभाको बहुमतबाट पारित भई राष्ट्रियसभामा विचाराधीन छ । राष्ट्रिय सभामा माओवादी केन्द्रसहित विपक्षी दलहरूको बहुमत भएको हुँदा प्रतिस्थापन विधेयकहरू विचाराधीन अवस्थामा छन् ।
नेका समर्थित ओली सरकारले यही चैत ११ गते घिसिङलाई प्राधिकरणबाट हटाएपछि चैत १३ गतेबाट माओवादी केन्द्र, रास्वपा, राप्रपा, राजमोले संसद् बैठक अवरोध गरेका थिए । चैत १५ गते राजतन्त्र समर्थकहरूले तीनकुनेमा आयोजित विरोध कार्यक्रममा पत्रकार – १ र सर्वसाधारण– १ गरी दुई जनाको मृत्यु भएपछि आइतबारको बैठकमा यो विषयसमेत उठ्यो र बैठक सोमबार बिहान ११ बजेको लागि स्थगित गरियो ।
सरकारले राजतन्त्रवादीहरूको आन्दोलन हिंस्रक भएको दाबी गरी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवलशमशेर राणासमेतलाई पक्राउ गरेको छ । आन्दोलनको नेतृत्व गरेका कमान्डरको पदवी पाएका दुर्गा प्रसाईंलाई सरकारले खोजी गरेको समाचार छ । चैत १४ गते प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गरेको सार्वजनिक भएको हुँदा सरकारले पूर्वराजा शाहको सुरक्षाकर्मी १८ बाट ९ जनामा घटाएको पनि समाचार छ ।
प्रम ओलीले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गरी चैत १९ गते मङ्गलबार थाइलैन्डमा हुने बिम्सेकको बैठकमा भाग लिन जाने समाचार छ । प्रम ओलीले आइतबार साँझ ७ बजे बैठक बोलाएको समाचार पनि सार्वजनिक भयो ।
आफूलाई सङ्कट पारेमात्र सर्वदलीय बैठक बोलाउने, देश र जनताको हितबारे कहिले छलफल नगरिने प्रमहरूको यस्तो बैठकको औचित्य नहुने जनताको मत छ ।
Leave a Reply