माओवादी र समाजवादीबिच पार्टी एकता कि विघटन ?
- कार्तिक १८, २०८२
 

सुर्खेत, १७ चैत । चैत २३ गते सम्पन्न हुने नेपाल बार एसोसिएसनको केन्द्रीय कार्य समितिको निर्वाचनमा भाग लिएका कानुन अध्ययन समाजका उम्मेदवारहरूको परिचय, प्रतिबद्धता र मतदाता स्वागत कार्यक्रम वीरेन्द्रनगरमा आइतबार सम्पन्न भयो ।
 समारोहमा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर, कर्णाली प्रदेश सरकारका प्रथम मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धर, उच्च बार सुर्खेतका उपाध्यक्ष नारायणनाथ योगी, सचिव प्रकाश यरी तथा सुर्खेत जिल्ला बारका अध्यक्ष रामबहादुर भण्डारी, उपाध्यक्ष टोपबहादुर वली, सचिव खगेन्द्र खनाललगायतका ३० जना कानुन व्यवसायी (अधिवक्ता) हरूको उपस्थिति थियो ।
 उक्त समारोहमा खुला सदस्य पदका उम्मेदवार अधिवक्ता शिवराज दाहाललाई खादा ओढाएर मन्तव्य राख्ने नेपाल बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्य र नेपाल कानुन व्यवसायी परिषद्का सदस्य अधिवक्ता मातृकाप्रसाद खनालले शुभकामना दिनुभयो ।
 अधिवक्ता टीकाप्रसाद पोखरेलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको सो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार अधिवक्ता राजु कैतीसमेतको परिचय दिँदै अधिवक्ता शिवराज दाहालले उम्मेदवारीको कारण तथा प्रयोजनबारे प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply