भर्खरै :

कैलालीमा विद्यार्थी प्रशिक्षण कार्यक्रम

कैलालीमा विद्यार्थी प्रशिक्षण कार्यक्रम

कैलाली, १७ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा नगरपालिका वडा नं.५ तिलकपुर एकाइ समितिको आयोजनामा एसईई दिएका विद्यार्थीहरूलाई ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठीे’ पुस्तकबारे आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रमेशकुमार रावलले सबै विषयहरू महत्वपूर्ण भएको कुरा राख्दै समाजमा आवश्यकता भएको विषयको अध्ययन गर्नुपर्ने र आफूले लिएको विषयमा दख्खल भई समाजको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्था भएको हुनाले पुँजीवादी व्यवस्थामा पुँजीपतिहरूको हित अनुकूल नीति नियम तथा कानुन बनाएको हुँदा मजदुर र किसानहरूले दुःख पाइरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा आर्थिक अभावका कारण विद्यार्थीहरूले पढ्न नपाउने, बिरामीले स्वास्थ्य उपचार नपाउने र युवाहरूले रोजगार नपाउने हँुदा यसको विकल्प भनेको समाजवादी व्यवस्था हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलालीका अध्यक्ष एचबीले नेक्राविसङ्घ पार्टीको मुख्य मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गरी कामदारवर्गका छोराछोरीहरूको हितको निमित्त निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा व्यवस्थाको लागि स्थापनाकालदेखि नै सङ्घर्ष गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *