क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
पाकिस्तानको संसदले चिनियाँ भाषालाई पाकिस्तानको औपचारिक भाषा बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।
पाकिस्तान र चीनबीचको सम्बन्ध अझ बलियो बनाउने सोमबार त्यस्तो निर्णय गरेको अबतब समाचारले जनाएको छ ।
चिनियाँ भाषालाई पाकिस्तानको औपचारिक भाषा बनाउँदा इस्लामाबाद र बेइजिङको सम्बन्धलाई अझ जनस्तरसम्म विकास गर्न सहयोग पुग्ने समाचार स्रोतले जनाएको छ ।
संरा अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदुतले सो विषयमा ट्वीट गरेका छन्,‘७० वर्षको छोटो इतिहासमा पाकिस्तानले धेरैजसो आफ्ना जनताको मातृभाषा नभएका चार वटा भाषाहरु–अङ्ग्रेजी, उर्दु, अबरी र अहिले चिनियाँ भाषालाई औपचारिक भाषा बनाएको छ ।’ तर उनले आफ्नो ट्वीटमा पाकिस्तानकै मौलिक भाषालाई भने उपेक्षा गरेको भन्दै आपत्ति पनि जनाएका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तका धेरै जनताले बोल्ने गरेको पञ्जाबी भाषा, पाश्तो र अरु धेरै जनताका भाषालाई पाकिस्तानले आफ्नो औपचारिक भाषा बनाएको छैन ।
डन न्युज नामको सञ्चारमाध्यमका अनुसार पाकिस्तानीहरु अरु कुनै पनि समयभन्दा यो समयमा चिनियाँ भाषा सिक्न बढी उत्साहित छन् । चिनियाँ भाषा सिके चीन र पाकिस्तानमै बढी रोजगारको अवसर प्राप्त हुन सक्ने उनीहरुको अपेक्षा छ ।
–आउटलुक
Leave a Reply