कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
काठमाण्डौ, ७ फागुन । टोखामा सोमबार एघारौं जनसाहित्य सम्मेलन सम्पन्न भयो । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभयो । सम्मेलनमा पुराना तथा नयाँ साहित्यकारहरुले जनपक्षीय र परिवर्तनमुखी साहित्य प्रस्तुत गरेका थिए ।
उहाँले कालो धनलाई सेतो बनाउन कानुन संशोधन गर्ने बताका र भारतीय विदेशमन्त्री स्वराजलाई सोल्टी होटलमा पुगेर आत्मसमर्पण गरेका वर्तमान प्रमबाट देश र जनताको हित नहुने बताउनुभयो ।
सम्मेलनमा बोल्दै सांसद सुवालले देश र जनताको हितका निम्ति सहिदहरूले बलिदान गरेको आज ६८ वर्ष भएर पनि सहिदको सपना पूरा नभएको बताउनुभयो । उहाँले शिक्षा–स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था, देशको सार्वभौमिकताको रक्षा नै सहिदको सपना भएको विचार राख्नुभयो ।
उहाँले कालो धनलाई सेतो बनाउन कानुन संशोधन गर्ने बताका र भारतीय विदेशमन्त्री स्वराजलाई सोल्टी होटलमा पुगेर आत्मसमर्पण गरेका वर्तमान प्रमबाट देश र जनताको हित नहुने बताउनुभयो । सचिव सुवाले देश र जनताका समस्याबारे लेखक कवि कलाकारहरुले साहित्य लेख्न आवश्यक भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद अनुराधा थापामगरले जनसाहित्य समाजले देश र जनतालाई माया गर्ने नयाँ पुस्ताका साहित्यकार तयार गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । साहित्यलाई राजनीतिबाट अलग गर्न नमिल्ने विचार राख्दै उहाँले माक्र्सवादी विचारमा आधारित साहित्य लेख्न नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । थापामगरले साहित्यमार्फत् पूँजीवादी बन्दोबस्तका गलत कुरा र समाजवादी व्यवस्थाका अपरिहार्यताबारे जनतालाई सचेत बनाउनुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमाले र माओवादीको गठबन्धन सरकार वामपन्थी वा कम्युनिष्ट सरकार नहुने धारणा राख्दै जनतालाई झुठा आश्वासन दिएर चुनाव जित्ने शासक दललाई जनताले नै सजाय दिने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैंजूले साहित्य वर्गीय हुने भएकाले कामदार जनताले शोषक र शोषित वर्गका साहित्यबीच भिन्नता छुट्याउन सक्नुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनमा जलस्रोतका अध्येता रतन भण्डारीले नेपालका प्राकृतिक स्रोत साधनमाथि भारतीय गिद्देदृष्टिको प्रतिरोध नेपालका शासक दल र नेताहरुले गर्न नसकेको बताउनुभयो ।
नेपाल सेनाका पूर्व जर्णेल तथा इतिहासकार डा.प्रेमसिं बस्नेतले नेपालका नयाँ पुस्तालाई देशको सार्वभौमिकता र स्वाधीनताबारे सचेत बनाउन जरुरी भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा जनसाहित्य समाजका पूर्व सचिव राजवीर डंगोल, शिक्षक प्रभात सापकोटा, लेखक सजीव श्रेष्ठ, साहित्यकार मदन श्रेष्ठ, नीरज लवजूलगायतले बोल्नुभएको थियो । सम्मेलन आयोजक समितिका उपाध्यक्ष विशोक डंगोलको सभापतित्वमा भएको थियो । सम्मेलनमा साँस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।
Leave a Reply