क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
चालु वर्ष चीनको सिचाङ स्वायत्त प्रदेश स्थापनाको ६० औँ वार्षिकोत्सव हो । यसै मार्च २८ तारिख अर्थात् दसौँ लाख भू–दास मुक्तिको स्मृतिमा चीन सरकारले ‘नयाँ युगमा सिचाङ मानव अधिकार कार्यको विकास र प्रगति’ शीर्षकको श्वेतपत्र जारी गरेको छ । सो श्वेतपत्रले वास्तविक तथ्याङ्कमार्फत बितेका दसौँ वर्षमा सिचाङमा हजारौँ वर्षसम्म पार गरिने विशाल परिवर्तन देखा परेको विस्तृत रूपमा रेकर्ड गरेको छ ।
शान्तिपूर्ण मुक्ति भएयता सिचाङको जनसङ्ख्या झन्डै १० लाखबाट ३७ लाखसम्म बढ्नुका साथै मानिसको औसत आयु पनि पहिलेको ३५.५ वर्षबाट अहिलेको ७२.१९ उमेरसम्म उकासिएर इतिहासको सर्वोच्च स्तरमा पुगेको देखिन्छ ।
बाँच्नका लागि प्रत्याभूति दिनु र विकासमा प्रगति हुनु बाहेक सिचाङको परम्परागत संस्कृतिलाई पनि अभूतपूर्व रूपमा संरक्षण गरिएको छ । “सिचाङको विकास मेरो कल्पनाभन्दा बढी छ । यहाँका जनता निकै आधुनिक जीवन बिताइरहेका छन् ।” यो कुरा पाकिस्तानी सिटी न्युज वेभसाइटका वरिष्ठ संवाददाता आली अब्बासले सिचाङको अवलोकन गरेपछि दिनुभएको मन्तव्य हो । उहाँ जस्तै विश्वका झन्झन् बढी मानिसहरूले स्पष्टसँग के बुझेका छन् भने चीनविरूद्ध केही पश्चिमा मुलुकका शक्तिले सिचाङ मानव अधिकार समस्या भन्ने निहुँ खोजेर चीनलाई हिलो छ्याप्न खोजेको साँचो उद्देश्य पृथकतावादी गतिविधि मच्चाउन खोजेको हो । सिचाङको मानव अधिकार उपलब्धिलाई कुनै पनि झूटबाट ढाक्न सकिने छैन ।
पठारभूमिमा बुद्धिको फूल फुल्छ
चीनको सिचाङ (तिब्बत) मा एउटा पुरानो उखान छ : मानव बुद्धि फूलजस्तै हो, यदि फुलेको बेला कदर नगरेमा सुकेर जान्छ । जसले फूललाई रूपकको रूपमा प्रयोग गरी मानिसलाई सिक्ने अवसरको कदर गर्ने र समयानुकूल ज्ञान सिक्न आह्वान गर्दछ । जसबाट हेर्दा तिब्बती मानिसले प्राचीन कालदेखि नै शिक्षालाई महत्व दिएको प्रस्ट हुन्छ ।
वर्तमान सिचाङको शिक्षामा ज्यादै ठुलो परिवर्तन भएको छ । चीन सरकारबाट प्रकाशित ‘नयाँ युगमा सिचाङ मानव अधिकार कार्यको विकास र प्रगति’ शीर्षकको श्वेतपत्रअनुसार, सन् २०१२ देखि सिचाङले चीनभरि पहिलो रूपमा १५ वर्षे सार्वजनिक लगानीमा शिक्षा लागु गरेको छ । सन् २०१४ देखि २०२४ सम्म सिचाङले सार्वजनिक शिक्षामा कुल ३ खर्ब २ अर्ब २५ करोड युआन लगानी गरेको छ । सन् २०२४ सम्ममा सिचाङमा सबै तह र प्रकारका गरी ३,६१८ विद्यालयहरू छन्, जसमा ९६ हजार ६ सय शिक्षक र कर्मचारी हुनुका साथै कुल ९ लाख ७० हजार विद्यार्थीहरू छन् । यो सङ्ख्या तिब्बतको कुल जनसङ्ख्याको एक चौथात्न्दा बढी हो ।
शैक्षिक निष्पक्षता सुनिश्चित गर्न सन् २०१२ देखि सिचाङले ११ पटक ‘तीन निःशुल्क’ (खाना, आवास र आधारभूत सिकाइ खर्च) अनुदानको मापदण्ड बढाएको छ, जसले किसान तथा पशुपालकका छोराछोरी र गरिब परिवारका विद्यार्थीलाई फाइदा पु¥याएको छ । हाल, वार्षिक प्रतिव्यक्ति अनुदान मानक ५,६२० युआन (पोषण सुधार योजना कोषको १ हजार युआनसहित) मा वृद्धि गरिएको छ । शिक्षाको लोकप्रियताले जनसङ्ख्याको गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ । सातौँ चिनियाँ राष्ट्रिय जनगणनाअनुसार, सिचाङमा प्रति १ लाख जनसङ्ख्यामा विश्वविद्यालयको शिक्षा प्राप्त गर्ने मानिसको सङ्ख्या सन् २०१० मा ५,५०७ बाट बढेर सन् २०२० मा ११,०१९ पुगेको छ ।
इतिहासको तुलनामा यो उपलब्धि निकै उल्लेखनीय छ । सन् १९५१ मा सिचाङको शान्तिपूर्ण मुक्तिअघि स्थानीय निरक्षर दर ९५ प्रतिशतभन्दा बढी थियो र विद्यालय उमेरका बालबालिकाको भर्ना दर २ प्रतिशत पनि थिएन । हाल सिचाङका बालबालिकाहरूले सफा लुगा लगाएर फराकिलो र उज्यालो कक्षा कोठामा सिक्ने मौका पाएका छन् । उखानजस्तै एकेक ‘बुद्धिको फूल’ उनीहरूको मनमा फुलेका छन् ।
शिक्षाको विकास सिचाङको सामाजिक चौतर्फी प्रगतिको सूक्ष्म छवि हो । ‘कुनै पनि अक्षर नजानेको, निरक्षर’ पुरानो सिचाङबाट विकास भएर हाल आधुनिक शिक्षा प्रणाली सिचाङमा सम्पूर्ण रूपमा ढाकिएको छ । ‘जनताको सुखमय जीवन सबैभन्दा ठुलो मानव अधिकार हो’ भन्ने अवधारणालाई सिचाङमा व्याख्या गरिएको छ ।
Leave a Reply