भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, ८ फागुन । आज शहिद दिवस । २०४६ सालको जनआन्दोलनमा भक्तपुरमा भएको पञ्चायतविरोधी प्रदर्शनमा तात्कालीन निरंकुश शासनका प्रहरीले गोली हानी भक्तपुरमा हनोहार दुई योद्धाको हत्या गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भक्तपुरमा फागुनलाई शहिद दिवसको रुपमा मनाइने गरेको छ । २०४६ सालको जनआन्दोलनमा भक्तपुरका ६ जना युवाहरु–राजकुमार श्रेष्ठ, कृष्णराम दुवाल, पुष्परत्न शाक्य, निर्मलकुमार श्रेष्ठ, हरिकृष्ण भुजू र महेश श्रेष्ठले शहादत्त प्राप्त गर्नुभएको थियो । राजकुमार श्रेष्ठ र कृष्णराम दुवालबाहेक अरु चार जना शहिदहरुले आन्दोलनकै क्रममा विभिन्न मितिमा शहादत्त प्राप्त गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाले शहिदहरुको सम्मानमा भक्तपुर नपा वडा नं २ स्थित स्मृतिनगरमा शहिद उद्यान स्थापना गरेको छ । उद्यानमा ६ जनै शहिदहरुको मुखाकृतिको शिला बनाइएको छ ।
आज बिहान शहिद उद्यानमा आयोजित एक कार्यक्रमबीच शहिद परिवार र अन्य सहभागीहरुले पुष्पअर्पण गर्दै शहिदप्रति श्रद्धा व्यक्त गरे । कार्यक्रममा शहिद राजकुमारकी छोरी रचना सुवाल, पुष्परत्न शाक्यकी श्रीमती विजयालक्ष्मी शाक्य, निर्मलकुमार शाक्यकी माता र हरिकृष्ण भुजूकी माताको सहभागिता थियो । कार्यक्रममा जनआन्दोलनमा घाइते भएका योद्धाहरुको पनि सहभागिता थियो ।
कार्यक्रममा शहिदप्रति माल्यार्पण गर्ने क्रममा शहिद पुष्परत्नकी श्रीमती विजयालक्ष्मी भकानिंदा सहभागी अधिकांशको आँखा रसाएका थिए ।

त्यहाँ आयोजित कार्यक्रममा जनआन्दोलनका घाइते सत्यसम्मेलन राजोपाध्यायले राज्यले जोसुकैलाई शहिद र घाइते योद्धा घोषणा गर्दा आफूलाई अपमानित महसुस भएको दुखेसो पोख्नुभयो ।
शहिद स्मृति कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शहिदको सपना अझै पुरा हुन नसकेको बताउनुभयो ।
शासक दलहरुले शहिदका सपनाको अपमान गरेको चर्चा गर्दै उहाँले शहिदका सपना साकार बनाउन अझ संघर्षका दिन नसकिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले देशमा परिवर्तनका लागि शहादत्त प्राप्त गर्ने शहिदको सम्झनामा नगरपालिकामा यो वर्ष अन्तरनगर मेयरकप भलिबल प्रतियोगिताको आयोजना गरेको जानकारी गराउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैंजूले शहिद दिवस र शहिदबारे नयाँ पुस्तालाई थाहा नभएको भन्दै शहिदको बलिदानबारे नयाँ पुस्तालाई जानकारी दिने कार्यक्रमहरुको खाँचो रहेको बताउनुभयो ।
जनआन्दोलनका योद्धा रवीन्द्र खर्बुजाले २०४६ सालको फागुन ८ मा पञ्चायती व्यवस्थाका मतियार र प्रहरीले जनतामाथि गरेको दमनबारे चर्चा गर्दै हिजो जनआन्दोलन दबाउन उद्दत्त पञ्चहरु आज सत्तासीन दलका नेता भएर हिंडिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य नारायणबहादुर दुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रम आयोजक नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला अध्यक्ष किसान नेता गोविन्द दुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply