भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २२ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.को साझेदारी कार्यक्रमअन्तर्गत जोखिममा आधारित साकोस सुपरिवेक्षण (Credit Union Risk Based Supervision-CURBS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी संस्था स्तरीकरण कार्यक्रममा आबद्ध हुँदा संस्थालाई नीति, नियमविपरीत जान दिँदैन र संस्थाको वित्तीय पाटोको बारेमा सूक्ष्म विश्लेषण हुनुपर्ने बताउनुभयो ।
उहाँले संस्थाको सञ्चालक समितिको नियमित बैठकमा मासिकरूपमा पल्र्ससहित वित्तीय पेस गरी सोको बारेमा गहन छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल सरकारले जारी गरेको सहकारी ऐन र नेपाल राष्ट्र बैड्ढले जारी गरेको मापदण्डमा फरक–फरक व्यवस्थाले सहकारी संस्था अन्योलमा परेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले नेपाल राष्ट्र बैड्ढले जारी गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ मा भएका बचतको सीमा, जोखिम कोषको व्यवस्थालगायतका विषयमा जानकारी गराउनुभयो ।
नेफ्स्कुनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा हुने सम्भावित जोखिमको बारेमा प्रशिक्षण गर्दै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा सङ्घका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply