भर्खरै :

विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम

विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिका वडा नं. ५ कृषि समितिको आयोजनामा शुक्रबार वडावासी कृषकहरूबिच तरकारी तथा फलफूलमा विषादी प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिका कृषि समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले व्यवसायिक रूपमा तरकारी खेतीसँगसँगै विषादीको प्रयोग बढ्दै गएको स्मरण गराउँदै विषादीको प्रयोगका कारण मानिस तथा पशुपक्षीको स्वास्थ्यमा नकारात्मक असर हुनुका साथै वातावरणमा पनि प्रतिकूल असर परेको बताउनुभयो ।
तरकारी तथा फलपूmलमा प्रयोग हुने विषादी परीक्षणमा सरकारको तत्परता सुस्त रहेको कारण विषादीमुक्त खाद्यवस्तु प्रयोगमा सजग रहनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विषादी प्रयोग तथा यसको असरबारे कृषकहरूले मात्र नभएर समग्र हामी सबै जानकार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका कृषि प्राविधिकविज्ञ रवि ख्याजुले विषादी के हो ? यसको प्रयोग गर्ने र प्रयोगपछिका विधि र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण दिँदै आवश्यक भएमा मात्र विषादी ठीक मात्रामा प्रयोग गर्नुपर्ने औँल्याउनुभयो । कृषि समितिका संयोजक सम्झना खाइजूको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *