भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
- कार्तिक १४, २०८३
काठमाडौँ, २४ चैत । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका स्तम्भकार, वरिष्ठ एवं अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) का पूर्वप्रमुख समाचारदातासमेत रहेका रिसालको आइतबार बेलुका ८ बजेतिर ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो ।
रिसालकी छोरी सुस्मा सापकोटाका अनुसार मृतक रिसालको शरीर आइतबार राति सुरक्षाको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा लगिएको छ र आज सोमबार सो प्रतिष्ठानमा हस्तान्तरण गरिनेछ ।
वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।
लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याड्ढ विभागमा रहेर काम गर्नुभएको थियो । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
Leave a Reply