भर्खरै :

राष्ट्रपति ट्रम्प र उनका आर्थिक सहयोगी मस्कको विरोधमा अमेरिकाको १२ सत्न्दा बढी ठाउँमा प्रदर्शन

राष्ट्रपति ट्रम्प र उनका आर्थिक सहयोगी मस्कको विरोधमा अमेरिकाको १२ सत्न्दा बढी ठाउँमा प्रदर्शन

काठमाडौँ, २४ चैत । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका आर्थिक सहयोगी एलन मस्कविरूद्ध अप्रिल ५, २०२५ का दिन अमेरिकाका ५० वटै राज्यका १ हजार २ सय स्थानमा विरोध प्रदर्शन भए । प्रदर्शनमा मानव अधिकारवादी समूह, मजदुर सङ्घ सङ्गठन, विभिन्न लैङ्गिक अल्पसङ्ख्यक समूह, कानुन व्यवसायी, पूर्वसैनिक र निर्वाचन कार्यकर्ताहरूको सहभागिता थियो ।
विरोध प्रदर्शन बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वासिङ्टन डीसीलगायत अन्य सहरहरूमा पनि भएको थियो ।
प्रदर्शनमा नागरिक अधिकार संस्थान, मजदुर सङ्गठन, कानुन व्यवसायी, निर्वाचन पर्यवेक्षकहरू सहभागी थिए । प्रदर्शनकारीहरूले ‘कुलीन शाहीसँग लडौँ’ नारा लगाएका थिए ।
प्रदर्शनीकारीहरूले राष्ट्रपति ट्रम्प र खर्बपति मस्कले सङ्घीय कर्मचारीलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा कार्यालय बन्द गर्ने, आप्रवासीहरूलाई देश निकाला गर्ने, स्वास्थ्य कार्यक्रमहरूको कोष कटौती गर्ने निर्णयको विरोध गरे ।
“हामी मुट्ठीभरका अमेरिकीको हित होइन संरा अमेरिकी जनताको हित हुने प्रजातन्त्र चाहन्छौँ । हाम्रो प्रजातन्त्रमाथि हस्तक्षेप नगर । हाम्रो सामाजिक सुरक्षामाथि हस्तक्षेप नगर । ट्रम्प र मस्कका समर्थकहरूले यो देश टुक्रा टुक्रा पार्दै छन् ।” प्रदर्शनकारीहरूको आवाज थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *