अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष भलिबल प्रतियोगिता भक्तपुरको सुर्यबिनायक नगरपालिकाले जितेको छ । मंगलबार दिउँसो भएको फाइनल खेलमा सुर्यबिनायक नगरपालिकाले कैलालीको गोदावरी नगरपालिकालाई पराजीत गरी प्रतियोगिता जित्न सफल भएको हो । सुर्यबिनायक नगरपालिकाले २४–२६, २५–२३, २५–२३, २५–१६ ले गोदावरीमाथि विजय हासिल गरेको छ । विजेता सुर्यबिनायकले एक लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने आयोजक भक्तपुर नपाले जनाएको छ । दोस्रो स्थान जित्ने नगरपालिकाले ७५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।
मंगलबार दिउँसो भएको तेस्रो स्थानको लागि भएको खेलमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ललितपुर उपमहानगरपालिकालाई पराजीत गरेको थियो ।
तिलोत्तमाले २५–१९, २५–२०, र २५–२३ ले ललितपुर उपमहानपामाथि विजय हासिल गरेको थियो । प्रतियोगिताको उत्कृष्ट ब्लकर सुर्यबिनायक नपाका कमल सुनुवार, उत्कृष्ट डिफेन्डरमा गोदावरीको विनोद चन्द, उत्कृष्ट सर्भरमा सुर्यबिनायकका चित्रविक्रम केसी घोषित भएका छन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सुर्यबिनायकका चित्रविक्रम केसी, उत्कृष्ट स्पाइकरमा गोदावरीका तारा भट्ट, उत्कृष्ट सेटरमा सुर्यबिनायकका उत्सव खड्का भएका छन् ।
प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, प्रदेश सभा सदस्य सृजना सैंजू र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र दिनुभएको थियो ।
Leave a Reply