कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दैलेख, २७ चैत । नेपाल मजदुर किसान पार्टी, महाबु गाउँ समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश समिति संयोजक सरोजराज गोसाईले नेमकिपामा भ्रष्टाचारी र अनैतिकलाई ठाउँ छैन भन्नुभयो । उहाँले भ्रष्टाचारले नै देशलाई पछाडि पारेको भन्दै तथाकथित शिक्षितले देशलाई अस्थिरतामा डुबाएको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले शिक्षामात्र भएर पुग्दैन, देश र जनतामा उत्तरदायी तथा जिम्मेवार बन्ने शिक्षाले मात्र देशको प्रगतिमा साथ दिने तर्क गर्नुभयो । पार्टीको नियमित कक्षाले मात्र कार्यकर्ताको सांस्कृतिक स्तर माथि उठ्ने उहाँको भनाइ थियो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले क्रान्तिकारी भूमिसुधारले मात्र किसान समस्या समाधान गर्ने भनाइ राख्नुभयो । उहाँले वास्तविक किसानलाई जमिनको मालिक बनाउन क्रान्तिकारी भूमिसुधार गर्नुपर्ने उहाँको तर्क थियो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले पुँजीवादी महिलाले श्रमजीवी महिलाबारे चिन्ता गर्दैन भन्नुभयो ।
नेमकिपा, दैलेखका अध्यक्ष जगत ओलीले श्रमिक वर्गको जित सुनिश्चित छ भन्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समितिका सल्लाहकार बमबहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्राविसङ्घका तारा न्यौपाने, सुजी ह्योंगजू, दुर्ग थापामगर, टेकबहादुर सलामीमगरले पनि बोल्नुभएको थियो ।
त्यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा चामुण्डामा बुधबार भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले किसान तथा मजदुरका छोराछोरीले विद्यालय तथा कलेजका पाठहरूमात्र नभई समाज र देश पनि पढ्नुपर्ने विचार राख्नुभयो । उहाँले विद्यार्थीले आफ्नो सांस्कृतिक स्तर माथि उठाउन अध्ययनमा लाग्नुपर्ने भन्दै कुनै एउटा विषयमा निपुण हुने उद्देश्यसाथ अध्ययन गर्न सुझाव दिनुभयो । ज्ञान बौद्धिक विलाशिताको निम्ति होइन, समाजको मौलिक परिवर्तनको निम्ति हो भन्नुभयो ।
नेतृत्व सबभन्दा सक्रिय, सबभन्दा जिम्मेवार, कार्यकर्ताको स्वभाव, स्तर, चासो, चिन्तन बुझेको, काममा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले देश र जनताको निःस्वार्थ भावनाले सेवा गर्ने उद्देश्यले राजनीतिमा लाग्नुपर्ने विचार राख्नुभयो ।
नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाको वैकल्पिक केन्द्रीय सदस्य विनोद विक, नेमकिपा कर्णाली प्रदेश सदस्य निरकबहादुर शाही नेमकिपा दैलेखका अध्यक्ष जगत ओली, नेक्राविसङ्घका तारा न्यौपाने, सुजी ह्योंगजू, बुद्ध रेग्मीले आफ्नो विचार राख्नुभएको थियो ।
केशव शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत यसपाल सावनले गर्नुभएको थियो ।
Leave a Reply