कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २७ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्यले बुधबार भक्तपुर नगरपालिकाको प्रमुखको कार्यकक्षमा ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापनपत्र बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी विद्यालयका प्रिन्सिपलहरू निजी विद्यालयमा काम गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्केको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालय पुनर्जीवित गर्ने कार्य प्रतिगामी सोच रहेको बताउनुभयो । उहाँले सङ्घीयताको मूल मर्म अधिकार विकेन्द्रीकरण भएको बताउँदै स्थानीय तह सङ्घको केन्द्रको मातहतमा राख्ने सरकारको सोच गलत छ भन्नुभयो ।
उहाँले स्थानीय तहको अधिकार खोस्ने, भर्ना, पुस्तिका परीक्षणको बेला आन्दोलन गरेर सामुदायिक विद्यालयलाई डुवाएर निजी विद्यालय पोस्ने काम भएको बताउनुभयो । उहाँले निजी विद्यालय र सामुदायिक विद्यालय सँगसँगै लागिरहेको बताउँदै कसले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन बरु के परिणाम आउँछ त्यो महत्वपूर्ण हुने बताउनुभयो ।
अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ – देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका विसङ्गति, विकृतिहरू हटाई शान्ति, सदाचार र शिष्टाचारसहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक छ । शिक्षाजस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, सुलभ, गुणात्मक र वैज्ञानिक शिक्षा बनाई देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षा क्षेत्रमा भइरहेको विकृति, विसङ्गति, मनपरीतन्त्र, व्यापारीकरण, चर्को शुल्क वृद्धि, महँगी, बालबालिकामाथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक पूर्वाधार, सुविधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरू सङ्गठित रूपमा अगाडि बढ्ने प्रणका साथ अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिले कार्य गरिरहेको छ ।
सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय नहुँदा अभिभावकहरू आप्mनो छाक काटेर भए पनि बालबालिकाहरूको गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयतर्फ आकर्षित हुँदा संस्थागत विद्यालयको प्रादुर्भाव भएको देखिन्छ । त्यस्ता विद्यालयमा नाफाको निम्ति अभिभावकको ढाड सेक्ने गरी शुल्क निर्धारण गर्दा तल्लोवर्गका जनताले गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुँदै गएको देखिन्छ ।
नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रूपमा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क र स्थानीय तहमा राखेको छ । शिक्षा राज्यको दायित्व हो । शिक्षा ऐन अहिलेसम्म नबन्दा शिक्षा पूर्णरूपमा निःशुल्क हुन सकेको छैन । शिक्षा मन्त्रीले यो हिउँदे अधिवेशनमा शिक्षा विधेयक संसद्बाट पास गरी ऐन बनाउने शिक्षक सङ्घलाई आश्वासन दिएको थियो । तर, शिक्षा विधेयक पास नहुँदा शिक्षकहरू अनिश्चितकालीन हडतालमा उत्रेका छन् । यसले गर्दा विद्यार्थीहरूको विद्यालयमा अन्तिम परीक्षासमेत प्रभावित भएको छ ।
घनश्याम खड्काले अभिभावकहरूको समस्या अरुले राख्न नसक्ने भएकाले अभिभावकहरू पनि शुल्क निर्धारण समितिमा सहभागी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापति, सचिव आशराम सुवाल, सहसचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्यहरू पवित्रा मानन्धर, सुचिता सैंजु, राजाराम दाहालको पनि उपस्थिति थियो ।
Leave a Reply