भर्खरै :

चीनबाट स्पष्ट रणनीतिमार्फत अमेरिकी कर बदमासीको जवाफ

चीनबाट स्पष्ट रणनीतिमार्फत अमेरिकी कर बदमासीको जवाफ

संरा अमेरिकाले दाबी गरेको छ कि यदि चीनले ८ अप्रिलसम्म अमेरिकामाथि लगाइएको थप ३४ प्रतिशत भन्सार कर नहटाएमा अप्रिलदेखि तारिखदेखि चिनियाँ उत्पादनमा थप ५० प्रतिशत भन्सार लगाउनेछ । तथ्य स्पष्ट छ, संरा अमेरिकाले पहिले चीनविरुद्ध उच्च–ट्यारिफको धम्की दिएको थियो र त्यसपछि अमेरिकालाई बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा ल्याउनका लागि चीनले अमेरिकालाई वैध जवाफ दिएको छ । तर, अमेरिकाले गल्तीमा थप गल्ती गर्दै चीनमाथि अत्यधिक दबाब दिन र फिरौती असुली गर्न खोजेको छ । निःसन्देह, उसले फेरि गलत हिसाब गरेको छ – चीनले यो स्पष्ट पारेको छ कि यदि अमेरिका गलत मार्गमा निरन्तर हिँड्ने हो भने चीनले पनि अन्तसम्म लड्दै जानेछ ।
चिनियाँ कूटनीति विद्यालयका प्राध्यापक ली हाइतोङको विचारमा यसको पछाडि धेरै योजना छन्ः अल्पकालीन मागबाट हेर्दा, अमेरिकी सरकारले राजनीतिक स्वार्थको लागि अर्को वर्षको मध्यावधि चुनावको फाइदा लिन ‘भन्सार शुल्क कार्ड’ खेलेको छ† दीर्घकालीन लक्ष्यबाट हेर्दा, चीन आर्थिक विश्वव्यापीकरणको सुदृढ समर्थक भएको हुनाले अमेरिकाले विगत केही दशकको विश्वव्यापी प्रक्रियालाई उल्ट्याएर यसलाई नयाँ आकार दिन चाहन्छ, जसबाट आफ्नो प्रभुत्व कायम राख्न र विश्वबाट ‘रगत चुस्न’ सकियोस् ।
दीर्घकाल नै अमेरिकाले सम्पूर्ण विश्वको हितको मूल्यमा अमेरिकी आधिपत्यको सेवा गर्न अभ्यस्त भइसकेको छ । यो विश्वभरिबाट कडा निन्दा गरिएको छ ।
अमेरिकाले जतिसुकै दबाब दिए तापनि चीनले आफ्नो मामिलालाई राम्रोसँग सञ्चालन गर्न ध्यान केन्द्रित गर्ने र निरन्तररूपमा उच्चस्तरीय खुलापनलाई बढाउनेछ । चीनले सधै यस्तो विचार गरेको छ, चीन–अमेरिकाबिच आर्थिक र व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र जीत–जीत हो, समान स्तरमा वार्ताको माध्यमबाट व्यापारको मतभेदलाई उचित तरिकाले समाधान गर्नुपर्छ । तर, यदि अमेरिकाले कर उपाय बढायो भने चीनले आवश्यक कदम चालेर आफ्नो वैधानिक र कानुनी अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ । यो अझै पनि उही वाक्य हो, चिनियाँ जनता समस्या निम्त्याउँदैनन्, तर समस्याबाट डराउँदैनन् ।
‘चीनको स्थिरता’ बाट ‘अमेरिकाको पागलपन’ को सामना
अमेरिकाको बढ्दो ट्यारिफ बदमासीको सामना गर्न पेचिङ समयअनुसार अप्रिल १० मा १२ बजेर १ मिनेटदेखि चीनले अमेरिकाबाट उत्पादित सबै आयातमा थप ८४ प्रतिशतको कर लगाएको छ । अन्य जवाफी कदमहरूमा विश्व व्यापार सङ्गठनको विवाद समाधान संयन्त्रको रूपमा अभियोजन थप्ने, अविश्वसनीय संस्थाको सूचीमा केही अमेरिकी संस्था थप्ने आदि समावेश छ । त्यसबाहेक चीनले ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धसम्बन्धी विभिन्न विषयमा चीनको अडान’ शीर्षकको श्वेतपत्र जारी गरेर आफ्ना सिद्धान्त, नीति र अडानलाई व्यवस्थितरूपमा व्याख्या गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘चीनले अर्थपूर्ण र आधार रहेर अमेरिकी कर बदमासीविरुद्ध लडेको’ जानकारी दिएको छ ।
चीनको कडा प्रतिवादप्रति अमेरिकाले चीनमाथि कर १२५ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ । पूर्वी अमेरिकी समयअनुसार अप्रिल १० तारिखमा तीन प्रमुख अमेरिकी स्टक इन्डेक्स समग्रमा घट्नुका साथै अमेरिकी शेयर बजारमा ‘विज्ञान तथा प्रविधिसम्बन्धी ७ ठुला कम्पनी’ को स्टक मूल्य सबै तीव्र गिरावट आयो । हालै गोल्डम्यान स्याक्स ग्रुपले रिपोर्ट जारी गर्दै आगामी वर्षमा अमेरिकाको मन्दीको सम्भावना ३५ प्रतिशतबाट ४५ प्रतिशतसम्म बढाएको छ । अमेरिकाका दुईजना पूर्वअर्थमन्त्री दुवैले अमेरिकी कर नीतिलाई ‘सबैभन्दा खराब आत्म–हानि’ को रूपमा आलोचना गरेका थिए ।
अमेरिकाको हिस्टेरिया गतिविधिको तुलनामा चीनले आफ्नो ‘स्थिरता’ बाट विश्वमा निश्चितता थपेको छ ।
पहिलो, चीनको अडान स्पष्ट र अविच्छिन्न छ । अमेरिकाबाट सुरु भएको भन्सार शुल्क युद्धको सामना गर्दै चीनले पटक–पटक दोहो¥याएको छ– वार्ता गर्ने हो भने ढोका खुला छ, लड्ने हो भने अन्त्यसम्म लड्नेछ । चीनले यही गरेको हो ।
साथै, चीनको ‘स्थिरता’ पनि आफ्नो मामिलालाई राम्रोसँग सञ्चालनमा ध्यानकेन्द्रित गर्ने आत्मविश्वासबाट आएको छ ।
जिम्मेवार प्रमुख देशको रूपमा चीनले आफ्नो नीतिको ‘स्थिरता’ बाट खुला विश्व अर्थतन्त्रको निर्माणलाई पनि बढाइरहेको छ । अन्तर्राष्ट्रिय विश्लेषकको विचारमा, तीव्र परिवर्तन भएको अमेरिकाको तुलनामा चीन आर्थिक वृद्धिको भरपर्दो स्रोत हो । केही दिनअघि आर्थिक सहयोग तथा विकास सङ्गठनले चीनको आर्थिक वृद्धिदर ०.१ प्रतिशतले बढाएको थियो ।
भन्सार शुल्कको आँधी आउँदा चीनले आफ्नो स्थिरताबाट नियम र न्यायको रक्षा गरिरहेको छ ।
‘अमेरिकाको कर दुरुपयोग विरोधमा चिनियाँको अडान’ जारी
सबै व्यापारिक साझेदारहरूमाथि ‘पारस्परिक शुल्क’ लगाउने अमेरिकाको धम्कीपूर्ण व्यवहारको प्रतिक्रियामा चीनले विभिन्न प्रतिउत्तरात्मक उपायहरू अपनाएपछि अप्रिल ५ मा ‘अमेरिकाको शुल्क दुरुपयोग विरोधमा चिनियाँ सरकारको अडान’ जारी गरेको छ । यो हजार शब्दको दस्ताबेजले औँल्याउँछ कि अमेरिकाले अत्यधिक दबाब दिन र स्वार्थ प्राप्त गर्ने हतियारको रूपमा शुल्क प्रयोग गर्दछ, जुन एकपक्षीय, संरक्षणवाद र आर्थिक धम्की दिने कार्य हो । यसले जोड दिन्छ कि चीनले समस्या निम्त्याउँदैन तर समस्याबाट डराउँदैन र उच्च–स्तरीय व्यापार र लगानी उदारीकरण र सहजीकरण नीति लागु गर्न, विश्वसँग विकास अवसरहरू साझा गर्न र पारस्परिक लाभ र जीत–जीत परिणामहरू प्राप्त गर्न जारी राख्नेछ ।
उक्त पत्रबाट मानिसहरूले प्रभुत्वको विरोध गर्ने, न्यायलाई कायम राख्ने र सही बाटो पछ्याउने चीनको स्पष्ट दृष्टिकोण स्पष्ट रूपमा देख्न सक्छन् । विश्व अशान्ति र अमेरिकाको कर दुरुपयोगमा चीनको उक्त पत्रले बहुपक्षीय व्यापार प्रणाली कायम राख्ने र आर्थिक विश्वव्यापीकरणलाई प्रवद्र्धन गर्नेबारेमा विश्वलाई कडा सन्देश दिएको छ ।

– सीआरआईबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *