भर्खरै :

‘ट्यारिफ राजनीतिज्ञ’ बाट कसरी सत्य आशा गर्न सकिएला ?

‘ट्यारिफ राजनीतिज्ञ’ बाट कसरी सत्य आशा गर्न सकिएला ?

संयुक्त राज्य अमेरिकाको बढ्दो कथित ‘पारस्परिक ट्यारिफ’ को सामना गर्न अप्रिल १२ देखि चीनले अमेरिकाबाट उत्पादित सबै आयातमा १२५ प्रतिशतको कर लगाएको छ । त्यसका साथै विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) अन्तर्गत वस्तु व्यापार परिषद्को वार्षिक बैठकमा चीनले स्पष्ट रूपमा व्यक्त गरेको छ कि डब्ल्यूटीओको नियमअनुरूप ‘पारस्परिकता’ को अर्थ व्यापारिक पक्षहरूले आपसी प्राथमिकता र सुविधा दिनु र अन्ततः अधिकार र दायित्वको समग्र सन्तुलन प्राप्त गर्नु हो । तथापि संरा अमेरिकाको तथाकथित ‘पारस्परिकता’ वास्तवमा सङ्कीर्ण सोच, एकपक्षीयता र स्वार्थ अनि आर्थिक बेथिति हो ।
जहाँसम्म संरा अमेरिकाबाट दाबी गरिएको ‘असमान’ ट्यारिफका कारणले व्यापारमा आफ्नो ‘घाटा’ यो अझ बकबास हो । अमेरिकी व्यापार घाटा उसको तुलनात्मक लाभ र यसले बनाएको व्यापार ढाँचाबाट निर्धारित हुन्छ । उदाहरणका लागि अमेरिकी डलर विश्वको परिवत्र्य मुद्दा हो । जब व्यापारिक साझेदारले प्रयासमा उत्पादन गर्दै अमेरिकाले केवल थप डलर जारी गरेर आफ्नो व्यापारिक साझेदारको उत्पादनको फल प्राप्त गर्नसक्छ । यसो हो भने संरा अमेरिकाले ‘घाटा’ व्यहोरेको दाबी सत्य होइन, तर उल्टो फाइदा प्राप्त गरेको छ ।
वास्तवमा, अझ व्यापकरूपबाट हेर्दा अमेरिका वर्तमान अन्तर्राष्ट्रिय व्यापारिक प्रणालीको मुख्य लाभार्थी हो । संरा अमेरिकाले सेवामा व्यापारमा दीर्घकालीन नाफा कायम गरेको छ । संरा अमेरिकाले वस्तुको व्यापारलाई लाभ र हानिको गणना गर्ने एक मात्र मापदण्डको रूपमा लिएर संरा अमेरिकामा ‘हानिको सिद्धान्त‘ को प्रचार गरेको छ, यो विकृत र एकतर्फी छ । वास्तवमा ‘ट्यारिफ राजनीतिज्ञ’ बाट कसरी सत्य आशा गर्न सकिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *