भर्खरै :

अमेरिकी आडमा बङ्गलादेशमा आतङ्कराज

अमेरिकी आडमा बङ्गलादेशमा आतङ्कराज

बङ्गलादेश र सिरियामा समानता
सन् २०२४ मा ‘द इकोनोमिस्ट’ पत्रिकाले बङ्गलादेशलाई ‘वर्ष मुलुक’ घोषणा ग¥यो । बङ्गलादेशलाई १२ महिनाभित्र अन्य मुलुकको दाँजोमा ‘सबैभन्दा उन्नति गरेको’ देश भन्यो ।
त्यति बेला गर्मी चल्दै थियो । बङ्गलादेशमा आन्दोलनले सडक तातेको थियो । शेख हसिना सत्ताच्युत भइन् । उनी बङ्गलादेशका संस्थापक नेता शेख मुजिबर रहमानकी छोरी हुन् । विगत ३० वर्षमा २० वर्ष उनी बङ्गलादेशकी एकछत्र शासक थिइन् ।
संरा अमेरिकी सरकारले शेख हसिनाको विरोध गर्दै आइरहेको थियो । उनले चीनसँग बलियो सम्बन्ध बनाएको हुनाले र सेन्ट मार्टिन टापुमा अमेरिकालाई सैन्य अखडा बनाउन नदिएको हुनाले अमेरिका चिढिएको थियो । सेन्ट मार्टिन बङ्गलादेशको समुद्री तटमा रहेको सामरिक महत्वको टापु हो । यसबाहेक चीनले छिमेकी देश म्यान्मारका बन्दरगाहहरू प्रयोग गरिरहेको अवस्थामा त्यसको जवाफमा अमेरिकी सेनाले बङ्गलादेशका बन्दरगाह उपयोग गर्न चाह्यो । शेख हसिनाले त्यसको पनि विरोध गरिन् ।
डोनाल्ड लु दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेश मन्त्री थिए । विद्रोह हुनुभन्दा केही महिनाअघि विपक्षीहरूलाई उक्साउन उनी बङ्गलादेश भ्रमणमा गए । हसिनाको सत्तालाई कमजोर बनाउन बाइडेन सरकारले बङ्गाल सरकारका उच्च अधिकारीहरूविरुद्ध आर्थिक प्रतिबन्ध लगायो । यसबाहेक हसिनाविरुद्ध अमेरिकी संस्था ‘प्रजातन्त्रका निम्ति राष्ट्रिय अनुदान’ (नेड) ले विभिन्न एनजीओ, शैक्षिक सङ्घसंस्था तथा तालिम अभियन्ता र विद्यार्थीमाथि खर्च ग¥यो । यिनीहरू सहभागी भएको विद्रोहकै कारण हसिना सत्ताच्युत भइन् ।
(‘नेड’ अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ को प्रचारबाजी तथा राजनीतिक ध्यानमोडाइको विशेष औजार हो । सन् २०२१ मा ‘नेड’ ले बङ्गलादेशीहरूलाई ३९ लाख डलर अनुदान दिएको थियो । यसमध्ये मोटो रकम प्रजातन्त्रपक्षधर नागरिक समाजलाई गयो । हसिनाको सत्ताविरुद्ध विरोधी गुट निर्माण गर्नका लागि तिनलाई यो रकम दिइएको थियो । उनीहरूले मानव अधिकार उल्लङ्घन तथा भ्रष्टाचारलाई मुद्दा बनाएर सामाजिक सञ्जाललगायत विपक्षीहरूलाई सरकारविरुद्ध परिचालित गर्न अमेरिकाले त्यो रकम खर्च ग¥यो । ‘नेड’ ले पैसा दिने स्विडेनमा मुख्यालय भएको समाचार संस्था ‘नेत्र न्युज’ ले बङ्गलादेशी राष्ट्रिय पार्टीलाई समर्थन ग¥यो । त्यसले बङ्गलादेशको आन्दोलनमा ताली पड्काउने काम गरिरह्यो । त्यसले हसिनाको राजीनामा माग्यो र मोहम्मद युनिसलाई सत्तामा ल्याउन पैरवी ग¥यो । टिपोट १)
हसिनाको ठाउँमा आएका मुहम्मद युनुस क्लिन्टन फाउन्डेसनका चन्दादाता थिए । उनी विश्वका वित्तपतिहरूका प्यारा हुन् । उनको ग्रामीण बैङ्कले लघुवित्त ऋणको अवधारणा ल्यायो । त्यसले धनलाई पुनःवितरण नगरी संरचनात्मक सुधार गर्ने विकल्प प्रदान ग¥यो । यी ऋण प्रायः उच्च ब्याजदरमा दिइने हुनाले प्रायःजसो यिनले निर्धन जनतालाई ऋणको पासोमा पार्दै आएका छन् ।
(हिलारी क्लिन्टन विदेशमन्त्री छँदा युएसएडले ग्रामीण बैङ्कले कुल २२ लाख डलर बराबरको ऋण र अनुदान पाएको थियो । टिपोट २)
‘द इकोनोमिस्ट’ पत्रिकाले मुहम्मद युनुसको प्रशंसा ग¥यो । सोही लयमा सन् २०२५ जनवरीमा प्रकाशित अमेरिकाको परराष्ट्र सम्बन्ध परिषद्को प्रतिवेदनले बङ्गलादेशलाई दिइने वैदेशिक सहयोग बन्द गर्दा आउने समस्याबारे ट्रम्प सरकारलाई सचेत पा¥यो । प्रतिवेदनमा लेखियो, “गत वर्ष बङ्गलादेशका प्रजातन्त्रपक्षधर आन्दोलनकारीहरूले एक तानाशाहलाई गद्दीबाट खसाले र अभिभावक नेताको रूपमा मुहम्मद युनुसलाई रोजे । उनी देशको सुधार तथा पुनःनिर्माणमा कटिबद्ध छन् ।”
यो बुझाइ मोरक्कोका लागि बङ्गलादेशका पूर्वराजदूत मोहम्मद हरून अल रशिदको रायसँग बाझिन्छ । हालै अल रशिदले युनिसको शासनमा बङ्गलादेशको स्थिति झन्झन् खस्किँदै गइरहेको बताए ।
अल रशिदले भने, “नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनिसको बर्बर शासनमा बङ्गलादेशी जनता छट्पटाउँदै छन् । लाखौँ जनतासामु मर्ने, निर्वासनमा जाने वा कट्टरपन्थसामु घुँडा टेक्ने बाहेक अर्को विकल्प छैन ।”
अल रशिदले भने, “सन् २०२४ अगस्ट ५ मा देश इतिहासकै अन्धकारपूर्ण बिन्दुमा पुग्यो । एकदम जटिल संयोजन गरेर बङ्गलादेशको जगमाथि आतङ्ककारी प्रहार गरियो । प्रधानमन्त्री शेख हसिनाको वैध सरकारलाई सत्ताच्युत गरियो । देश जल्यो र व्यवस्था भताभुङ्ग भयो । मुहम्मद युनुस अनधिकृतरूपमा सत्तासीन भए ।”
अल रशिद इस्लामी चरमपन्थीहरूले हसिना सरकारविरुद्ध चलाएको अनलाइन युद्धका कारण हिन्दू र भारतविरुद्ध घृणाको माहोल छ । अहिले युनिसको शासनकालमा बङ्गलादेशमा हिन्दूविरोधी नरहत्या भइरहेका छन् ।
युनुसले हिन्दूविरोधी हिंसाका घटनालाई ‘बढाइँचढाइ प्रचारबाजी’ दाबी गर्दै छन् । यद्यपि, राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको प्रतिवेदनमा इस्लामी चरमपन्थीहरूको उक्साहटमा हिंसात्मक दङ्गा भइरहेको प्रमाण उल्लेख छ । प्रतिवेदनअनुसार यी गिरोहले केही हिन्दू धार्मिक स्थलमा पनि आक्रमण गरेका छन् ।
चिटगोङ पर्वतमालामा अहमदिया मुसलमान तथा रैथाने समूहलाई निसाना बनाइयो । हसिनाको राजनीतिक दल अवामी लीगका समर्थक तथा शेख हसिना पक्षधर अल्पसङ्ख्यकहरूविरुद्ध बदला लिने नियतले बर्बर हत्याकाण्ड गरिँदै छ ।
(सन् २०२४ नोभेम्बर २६ र २०२५ जनवरी २५ बिच बङ्गलादेशमा हिन्दूहरूविरुद्ध ७६ आक्रमण भए । अगस्ट महिनायता बङ्गलादेशमा २३ हिन्दू मारिएको र हिन्दू मन्दिरहरूमाथि १५२ आक्रमण भएको खबर छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार हसिना सत्ताच्युत भएपछि २ हजार १० साम्प्रदायिक दङ्गा भएका छन् । तर, तिनको पहिचान गर्ने र दङ्गाकारीलाई सजाय दिन जाँगर देखाइएको छैन । छाया बङ्गालदेशको खुल्ना क्षेत्रकी हिन्दू छात्रा हुन् । आक्रमणको डरले उनको यो छद्म नाम दिइन् । ‘एबिसी न्यूज’ सँग उनले भनिन्, “रातभरि रोइरहेँ । हाम्रो मद्दतमा एउटा पनि सरकारी मान्छे आएन । (हसिनाको राजीनामापछि) हाम्रो घरमाथि तीनपल्ट हमला भइसकेको छ । पहिलोपल्ट घरमा कोही थिएन । हाम्रो गेट तोडफोड गरियो र आगो लगाइयो । दोस्रोपल्ट तिनीहरूले हाम्रो घर लुटे र हामीलाई मार्ने धम्की दिए । हामी भाग्नुप¥यो ।” टिपोट ३)
पत्रकारहरूले पनि सत्ताविद्रोहपछिको बन्दोबस्तमा हिंसा, झूटा मुद्दा र राज्यको सेन्सरसिप भोग्दै छन् ।
(‘बोर्डर लेन्स’ नामक समाचार संस्थाले जनाएअनुसार नयाँ कानुनले युनुस सरकारलाई निजी डेटामा पहुँच राख्ने र अनलाइन सामग्रीमा सेन्सर गर्ने ‘विषम अधिकार’ दिएको छ । राजनीतिक विरोध प्रदर्शन र कानुनी प्रक्रियाबारे लेख्ने पत्रकारहरू हिंसात्मक आक्रमणको तारो बन्दै छन् । सन् २०२५ फेब्रुअरी ५ बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का समर्थकहरूले राजधानी ढाकामै पत्रकार जावेद अख्तर, हसन जाबेद र हजिजुल इस्लाम पन्नुलाई सर्वोच्च अदालतअगाडि हमला गरे । टिपोट ४)
अल रशिदले जोड दिएर युनुसले हिज्ब उत–तहरिर, आइएस र अल–कायदाका आतङ्ककारीलाई छुट दिएको बताए । यी आतङ्ककारीले सन् २०२४ अगस्टमा भएको सत्ता परिवर्तनको खुफिया कारबाहीको संयोजन गरेको र ‘खुलेआम रातो र कालो झन्डा फहराएको’ रशिदको भनाइ छ । युनुसको शासनसत्तामा यी समूहहरूले सङ्ग्रहालय, मूर्ति, स्मारक र सांस्कृतिक सम्पदा ध्वस्त पारेको र सयौँ सुफी दरगा र हिन्दू मन्दिरमा तोडफोड गरेका छन् ।
अर रशिदले भनेअनुसार बङ्गलादेश अहिले सिरियाभन्दा फरक छैन । सिरियामा पनि अमेरिकी आडमा जिहादी समूहहरूले सन् २०२४ डिसेम्बरमा अशर अल–असदको सत्ता हत्याए । अहिले ती जिहादीहरूले सिया अलावितलगायत अल्पसङ्ख्यक समूहविरुद्ध आतङ्कराज चलाइरहेका छन् । असदको पक्ष लिने क्रिस्तानहरू समेतलाई तारो बनाइएको छ । जिहादीहरूले ऐतिहासिक मन्दिर तथा रोमन सम्पदालाई अपमानित गर्दै छन् ।
अल रशिदले लेखे, “बङ्गलादेशमा युनुसले आतङ्ककारीहरूलाई संरक्षण मात्र दिएका छैनन् । उनले ‘तिनलाई सशक्त पनि बनाएका छन् । उनको सरकारका कतिपय मन्त्री आतङ्ककारी हुन् । सरकारमा ल्याउन नसकिने आतङ्ककारीहरूलाई उनले बलियो संरक्षण दिएका छन् । तिनलाई राजनीतिक दल खोल्न अनुमति दिएका छन् ।”
मोरक्कोका लागि बङ्गलादेशी राजदूत रहिसकेका अल रशिदले युनुसको दमनचक्रबिच आफूलाई बङ्गबन्धुको युवाकाल (सन् १९२०–४२) बारे बङ्गाली उपन्यास लेखेकोमा किनार लगाइएको बताए । उनी लेख्छन्, “हाम्रो इतिहासप्रतिको युनुसको घृणा सामान्य झोँकमात्र होइन । यो नियोजित हो । बङ्गलादेशको जग नै मेटाउन नापीतौली चालिएको पाइला हो ।”
यी कुरा सिरियाको मोहम्मद अल–जोलानीको राजसँग मेल खान्छ । जोलानीले सिरियाको सम्पन्न सांस्कृतिक सम्पदामाथि हमला गर्दै छन् । उनलाई पनि विदेशी प्रभुहरूको आशीर्वाद प्राप्त छ । उनीहरू आफ्नो दुनो सोझाउन सिरियालाई तयार पार्दै छन् ।
अल रशिदले भने, “बङ्गलादेश एक धर्मनिरपेक्ष देशको रूपमा जन्मेको थियो । बङ्गबन्धु देशलाई टुक्र्याएर धार्मिक देश बनाउन चाहने इस्लामवादीहरूसँग सम्झौता गर्नुपर्ने सोच्थे ।”

युनुस, लघुवित्त र “रङ्गीन क्रान्ति”

बङ्गलादेशी अर्थविद् मुहम्मद युनुसलाई लघुवित्त आन्दोलनका जनक भनिन्छ ।
मुहम्मद युनुसले सन् १९७० को दशकमा बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरे । गरिबलाई ऋण दिने बैङ्कको रूपमा ग्रामीण बैङ्कले नाम कमायो । पश्चिमाहरूले युनुसलाई ‘गरिबका बैङ्कपति’ को रूपमा प्रचार गरे । पश्चिमा सेलिब्रिटीहरूको तारिफले युनुसको वाहवाही चुलियो । सन् २००६ मा ‘बङ्गलादेशका लाखौँ जनतालाई लघु ऋण दिने लघुवित्त कार्यक्रम थालेको’ भन्दै उनलाई नोबेल पुरस्कार नै दिइयो ।
धेरै पहिले सुरु भए पनि युनुसको ग्रामीण बैङ्क र लघुवित्तप्रति मानिसहरूको आकर्षण उति थिएन । यत्तिकैमा सन् १९९० को दशकमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी बङ्गलादेश आइन् । जोब्रा गाउँमा उनको धुमधाम स्वागत भयो । त्यो गाउँमा युनुसको ग्रामीण बैङ्कले ठुलो परिवर्तन ल्याएको हल्ला गरिएको थियो । हिलारीको स्वागतमा जम्मा भएका महिलाहरूलाई अन्य गाउँबाट गाडीमा राखेर त्यहाँ ल्याएको तथ्य पछि मात्र खुल्यो । यद्यपि, हिलारीको भ्रमणका कारण युनुस र उनको ग्रामीण बैङ्कको तीव्र प्रचार भयो । जोब्रा गाउँलाई ‘हिलारीको नमुना गाउँ’ भनियो ।
ग्रामीण बैङ्कका मालिक मुहम्मद युनुसलाई हालै सत्ताच्युत भएकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ‘गरिबको रगत पिउने खून–चुसाहा’ भनिन् । किन ?
बङ्गलादेशमा सामान्यतया बैङ्कहरूले ऋणीहरूसँग १२–१३ प्रतिशत ब्याज लिन्छन् । युनुसको ग्रामीण बैङ्कले ऋणीहरूसँग ३०–४० प्रतिशत ब्याज लियो । छोटो समयमै किस्ताबन्दीमा ऋण असुली गर्ने हुनाले ऋणीहरू हतास हुन्छन् । कतै लगानी गरे पनि प्रतिफल छिट्टै आउँदैन । त्यसैले बाध्य भएर उनीहरूले धनी साहुमहाजनसँग चर्को ब्याजदरमा ऋण लिएर किस्ता तिर्नुपर्ने हुन्छ । १००–१५० प्रतिशतभन्दा बढी ब्याजदरमा पनि ऋण लिएको जानकारहरूको भनाइ छ । लघुवित्तको ऋण तिर्ने चक्करमा गरिबहरू ऋणको दलदलमा फस्दै जान्छन् ।
ऋण तिर्न नसक्ने ग्राहकबाट ग्रामीण बैङ्कका कारिन्दाहरूले जबरजस्ती सामान खोस्छन् । प्रायः ऋण लिने समूहकै सदस्यबाट ऋणीहरू प्रताडित हुन्छन् । ऋण तिर्नका लागि धेरै मानिसले आफ्नो घरखेत, बचत र आफ्नो जायजेथा नै बेच्नुपरेका बग्रेल्ती उदाहरण छन् बङ्गलादेशमा । कतिपयले एउटा लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण काढ्छन् । लघुवित्तले खासगरी महिला सशक्तीकरणमा सहयोग गरेको पश्चिमा तर्क थियो । तर, ऋण तिर्नकै लागि कतिपय महिला वेश्यावृत्तिमा लागेको र महिलाहरूबिच कलहको बीउ रोपिएको अध्ययनले देखायो । त्यस्तै, कतिपय ऋणीले उछार नपाएर आत्महत्यासमेत गरेका छन् । यद्यपि, पुँजीवादी मिडियाले एकाध प्रतिशत ऋणीले घर बनाएर प्रगति गरेको सफलतालाई बढाइँचढाइ प्रचार गरिरह्यो । तर, प्रचार गरेजस्तो युनुसको लघुवित्त कार्यक्रम सुरु भएको ३०–४० वर्ष भइसक्यो, बङ्गलादेशका गरिबहरू जहाँको त्यहीँ रहे । आज तुलना गरेर हेर्दा गरिबहरूको दूरवस्था सुध्रेन बरु झन् कष्टकर बन्यो ।
अहिले पनि ग्रामीण बैङ्कले करिब ९५ लाख मानिसलाई चर्को ब्याजदरमा ऋण दिइरहेको छ । युनुसले गरिबलाई निचोरेर आधा दर्जनभन्दा बढी ठुला कम्पनी खोलिसकेका छन् । विदेशमा पनि उनको लघुवित्त कार्यक्रम चालु छ । कुनै बेला ग्रामीण अमेरिका नामक उनको सेवामूलक संस्थाले क्लिन्टन फाउन्डेसनलाई बर्सेनि १ देखि अढाइ लाख डलर चन्दा दिएको थियो । त्यसको बदलामा हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री छँदा अमेरिकी सहयोग नियोग ‘यूएसएड’ ले ग्रामीण बैङ्कलाई २२ लाख डलर ऋण र अनुदान दिएको थियो । साथै, युनुसले सन् १९९० को दशकमा १० करोड डलर बराबरको रकममा कर छलेको तथ्य पनि बाहिर आएको छ ।
पछिल्लोपल्ट युनुसलाई रकम अपचलन, करछली र पैसा हिनामिनाको आरोप लगाइ मुद्दा चलाइएको थियो । बङ्गलादेशको श्रम कानुन उल्लङ्घन गरेकोमा दोषी ठहर गरेर अदालतले उनलाई ६ महिना कारावासको सजाय दिएको थियो । युनुसका समर्थकहरूले त्यसलाई राजनीतिप्रेरित दण्ड भन्दै थिए । सन् २०२४ को अगस्तमा पश्चिम प्रायोजित ‘रङ्गीन क्रान्ति’ भयो । प्रधानमन्त्री हसिना विदेश भागिन् । युनुस दोषमुक्त भए ।
अमेरिकामा जो बाइडेनको शासन थियो । उनका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपालसँगै बङ्गलादेश भ्रमणमा आए । बङ्गलादेशको ‘रङ्गीन क्रान्ति’ का योजनाकार यिनै लु थिए । यसअघि उनले अल्बानिया, जर्जिया, अजरबैजान, किर्गिजस्तान र पाकिस्तानमा ‘रङ्गीन क्रान्ति’ गराएका थिए । किर्गिजस्तानमा रुस पक्षधर राष्ट्रपति अकाएभ र पाकिस्तानमा इमरान खानलाई सत्ताच्युत गरिएको थियो । खानले रुसको पक्ष लिएपछि उनलाई हटाएर शहबाज शरिफमार्फत पाकिस्तानलाई युक्रेनमा प्रयोग गर्ने हतियार खरिद गर्न लगाइएको थियो ।
संरा अमेरिकाको सैन्य मोर्चा क्वाडमा सहभागी हुन नमानेको र चीनसँग व्यापारिक साझेदारीमा गएकोले शेख हसिनासँग अमेरिका चिढिएको थियो । साथै, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का र माल्दिभ्सजस्ता देश आफ्नो पक्षमा नआएको अर्को झोँक थियो । यसकै रिस फेर्न अमेरिकाले बङ्गलादेशमा तथाकथित ‘जेन–जी’ क्रान्ति गरायो । शेख हसिना सत्ताच्युत भइन् र उनको स्थानमा पश्चिमा वित्तपतिहरूका प्रियपात्र मुहम्मद युनुस सत्तासीन भए ।

दुर्भाग्य, इस्लामवादीहरूले बङ्गबन्धुको निर्मम हत्या गरे । त्यसपछि तिनले बाबुकै सिद्धान्तमा चलिरहेकी शेख हसिनालाई सत्ताबाट फाले ।
अल रशिदले लेखे, “मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य खोजबिन गर्ने हो भने स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्छ । त्यसबाट विभत्स सत्य उजागर हुनेछ । हसिनाको राजनीतिक जीवनभरि जति अत्याचार भएका छन्, हसिनाको बहिर्गमनपछिका १५ दिनभित्र युनुसको संरक्षणमा त्योभन्दा बढी दुष्कर्म भएका छन् ।” यी दुई हप्तामा बङ्गलादेश आतङ्कपूर्ण भयो । दङ्गाकारीहरूले सयौँ प्रहरी अधिकारीलाई खुलेआम मारे । दयाको भिख मागिरहेका गर्भवती महिलालाई पनि काटियो । अवामी लीगका सयौँ समर्थकलाई कुटेरै मारियो । तिनका लासलाई चेतावनीको रूपमा बेवारिसे छोडियो । यति ठुलो आकारमा यस्तो बर्बरता सयौँ वर्ष यता देखिएको थिएन ।”
यहाँ पनि सिरियासँग तुलना गर्न सकिन्छ । छपाछप मान्छेका टाउका गिँडिरहेका जिहादीहरूलाई पश्चिमा मिडियाले ‘मध्यमार्गी विद्रोही’ भने । बङ्गलादेशमा जस्तै सिरियामा पनि उही तवरले बर्बरता मच्चाइँदै छ ।
अल रशिदको भनाइमा शेख हसिनाको सरकारले युनुसलाई भ्रष्टाचारको मुद्दा लगाएको थियो । युनुसले आफूलाई पीडित भने र विश्वले उनकै कुरा पत्यायो । वास्तविकता भने उल्टो छ । उनले करछली गरेका थिए । उनले लघुवित्तको ऋण दिएर असङ्ख्य गरिब बङ्गलादेशीहरूलाई ऋणमा डुबाएका थिए । अल रशिदले लेखे – युनुसको ‘लोभको सीमा छैन’ ।
अहिले युनुसको सरकारले तथाकथित भ्रष्टाचारबारे हल्लाखल्ला गर्दै छ । बङ्गलादेशका पूर्वशासकहरूले भ्रष्टाचार गरेको रडाको मच्चाउँदै छन् । तिनीहरूले बेलायतलगायत विदेशी बैङ्कमा कालो धन राखेको युनुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण छैन ।
(शेख हसिनाले बङ्गलादेशको वित्ततन्त्रबाट १७ अर्ब डलर भ्रष्टाचार गरेको दाबी ‘द न्युयोर्क टाइम्स’ मा उल्लेख छ । टिपोट ५)
युनुसको भ्रष्ट पृष्ठभूमि हेर्दा यो आरोप आफैमा पाखण्डी देखिन्छ । उनले बङ्गलादेशको केन्द्रीय बैङ्कका गभर्नर एहसान मन्सुरकी छोरीमाथि छानबिन गर्न जानाजान आनाकानी गर्दै छन् । मन्सुरकी छोरीले अनलाइनमार्फत स्रोत नखुलेको अकुत धनको तुजुक देखाउँदै आएकी छिन् ।
(मेहरीन मन्सुरले देखाउने सम्पत्तिमा धन विलासी कार, डिजाइनर संसाधन र १० हजार पाउन्ड जाने हिराजडित कार्टियर रोडस्टर घडी पनि पर्छन् । टिपोट ६)
अल रशिदले अर्को तथ्य पनि औँल्याए । हालैमात्र न्युयोर्कमा भएको एक कार्यक्रममा युनुस र बिल क्लिन्टन उपस्थित थिए । युनुसले हसिनालाई सत्ताच्युत गर्नमा भूमिका खेल्ने महफुज अहामजस्ता आतङ्ककारीलाई क्लिन्टनकै अगाडि सबैमाझ परिचित गराए ।
अल रशिदले सोधे, “चार्ली हेब्डो हत्याकाण्डका दोषी आतङ्ककारीलाई कसैले खुलेआम प्रशंसा गर्छ भने फ्रान्सेलीहरू के भन्लान् ? सेप्टेम्बर ११ मा न्युयोर्कमा भएको आक्रमणको योजनाकारलाई कसैले सम्मानित गर्छ भने अमेरिकीहरू के भन्लान् ? बङ्गलादेशले पनि यस्तै आक्रोश, गहिरो आघात र अपमान महसुस गरेको छ । यो हाम्रो राष्ट्रको अपमानमात्र होइन, न्यायकै निरादर हो ।”

स्रोत : कोभर्ट एक्सन म्यागेजिन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *