भर्खरै :

तिलागुफा–२ रतडामा विद्यार्थी भेला

तिलागुफा–२ रतडामा विद्यार्थी भेला

कालीकोट, १ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ समर्थित विद्यार्थीको भेला सोमबार तिलागुफा नगरपालिका वडा नं २, रतडामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीले किन पढ्ने, के पढ्ने र कसरी पढ्ने भन्नेबारे स्पष्ट हुनुपर्ने भन्दै समाजको आमूल परिवर्तनको निम्ति पढ्न सुझाव दिनुभयो । उहाँले समाजको निम्ति के आवश्यक छ, त्यसैअनुसार विषय रोजेर अध्ययन गर्नुपर्ने भन्दै समाज बनाउने जिम्मेवारी बहन गर्न धेरै मेहनतसाथ विद्यालय तथा कलेज पढ्नुपर्ने विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले विद्यार्थी सङ्गठित भयो भने समाजलाई बदल्न सजिलो हुने विचार राख्नुभयो ।
नेक्राविसङ्घका सुजि ह्योंग्वजूले नेक्राविसङ्घले गरिबको पढ्न लेख्ने हक अधिकार सुरक्षित गर्न सङ्घर्षका गतिविधि सञ्चालन गर्दै आएको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, कालीकोट जिल्ला समितिका अध्यक्ष खड्कराज शाही, जिल्ला समिति सदस्य दलसुर बोहराको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *