कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ५ वैशाख (रातोपाटी) । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित सर्वोच्चमा पूरक निवेदन परेको छ । शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्न लागिएकोमा उनको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिनुभएको हो ।
यसअघि उहाँहरूले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको भन्दै रिट दिनुभएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै गत मङ्गलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
यसअघि दायर सोही रिटमाथि नै निवेदकहरूले पुरक निवेदन दिँदै भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।
चैत १८ गते अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।
उक्त निर्णयविरूद्ध दायर रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आइतबार छलफलको लागि दुवै पक्षलाई बोलाएको छ । आइतबार नै पूरक निवेदनमाथि पनि सुनुवाइ हुनेछ ।
Leave a Reply