भर्खरै :

शिक्षक आन्दोलनबारे कसको के भनाइ ?

शिक्षक आन्दोलनबारे कसको के भनाइ ?

काठमाडौँ, ५ वैशाख । नेपाली काङ्ग्रेसले समर्थन गरेको एमालेको केपी ओली सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा विज्ञानमन्त्री पृथ्वी सुब्बा गुरूङले विद्यालयमा नयाँ भर्ना लिनुपर्ने, एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने, कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बेला भइरहेको शिक्षकहरूको आन्दोलनबाट राजतन्त्र पुनःस्थापना गर्न चाहनेहरूलाई मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
एक सञ्चार माध्यममा मन्त्री गुरूङले निजामती कर्मचारी, नेपाली सेना र नेपाली प्रहरी पनि आन्दोलनमा उत्रिए विश्वविद्यालयका प्राध्यापकहरू आन्दोलनमा उत्रिने सङ्केत गर्नुभयो ।
मन्त्री गुरूङले आन्दोलनरत विद्यालयका शिक्षकहरूलाई प्रश्न गर्नुभयो, यसरी शासन प्रशासन चल्छ ?
केही दिनअघि अर्को सञ्चारमाध्यममा सभामुख देवराज घिमिरले आन्दोलनरत शिक्षकहरको माग प्रस्ट नभएको र ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले पनि एक कार्यक्रममा एसईई परीक्षामा विद्यार्थीहरू ४८ प्रतिशतमात्र उत्तीर्ण गराउने विद्यालय शिक्षकहरूको सुविधा बढाउन नसक्ने बताउनुभयो ।
ओली सरकारका परराष्ट्रमन्त्री, नेका सभापति शेरबहादुर देउवाका पत्नी आरजु राणाले राजतन्त्रवादीहरूको एक हजारको भेला भएको थिएन सत्ता पल्टिन लाग्यो भनी प्रचार गरियोस नेपालमा आफूलाई डिप्रेसन हुन्छ, विदेशमा इज्जत पाएको छु भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *