भर्खरै :

भुटानको थिम्पुमा खेलेर स्वदेश फर्किएका खेलाडीलाई विमानस्थलमा स्वागत

भुटानको थिम्पुमा खेलेर स्वदेश फर्किएका खेलाडीलाई विमानस्थलमा स्वागत

काठमाडौँ, ५ वैशाख । काठमाडौँ–भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा चार स्वर्ण, तीन रजत र दुई कास्य पदक हासिल गरेर स्वदेश फिर्ता भएका नेपाली खेलाडीहरुलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।
उनीहरूको स्वागतको लागी बक्सिङ सङ्घका पदाधिकारी हरू विमान स्थल पुगेका थिए ।
महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अङ्कमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अङ्कले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।
त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अङ्कको पछि पार्दै स्वर्ण जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५–० अङ्कको हराउँदै स्वर्ण जिते यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४–१ अङ्कले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बङ्गलादेशका महोमद उन्सोव सँग फाइनलमा ३–२ अङ्क प्राप्त गरी रजत जितेका थिए ।
महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते भुटान बक्सिङ सङ्घको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखी ३१ सम्म सञ्चालक गरिएको थियो । खेलमा नेपाल, इन्डिया, भुटान र बङ्गलादेश गरी ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भएको हो भने भुटान पहिलो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *