अवरुद्ध पुँजीवादको भ्रामक कल्पना
- आश्विन २५, २०८२
काठमाडौँ १३, वैशाख । ‘श्रमिक’ साप्ताहिकबारे कीर्तिपुर नगरपालिकाका स्थानीय पाठकहरूबिच वडा नं ९, नगाउँमा शनिबार अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सन् १८१६ को सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले आ–आफ्नो लागि भारतमा जग्गा लिएर नेपालको नक्सा खुम्च्याएको उल्लेख गर्दै मिश्र र उपाध्यायजस्ता देशघातीको सन्तान नेपालको शासन सत्तामा को को पुगे खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले प्रतिगमनविरूद्ध जनआन्दोलनबारे चर्चा गर्दै भन्नुभयो, “२०६२ मङ्सिर ७ गते भएको १२ बुँदे समझदारी ‘नेपाली सेनालाई भरपर्दो अन्तर्राष्ट्रिय शक्तिको नियन्त्रणमा राख्ने’ लगायत अन्य केही विषयमा फरक मत राखेर नेमकिपाले दस्तखत पनि गर्ने र जनताबिच समझदारीलाई उदाङ्ग्याउँदै जाने नीति लिएको हो ।”
सांसद सुवालले थप्नुभयो, “राजतन्त्रले वर्गीय रूपमा सामन्तवादको प्रतिनिधित्व गर्छ । अहिले राजतन्त्रको चर्चा गर्नु सानो बेलाको लुगा ठुलो भएपछि ठीक नभएजस्तै असान्दर्भिक हो ।”
“श्रमिक’ साप्ताहिक कामदारवर्गको पक्षमा आवाज राख्ने आस्थाको पत्रिका हो । कामदारवर्गको हितविपरीतका विषयमा विज्ञापनसमेत स्वीकार नगर्ने यो पत्रिका बुद्धिजीवी, लेखक, कलाकार, किसान, मजदुरलगायतका जनताको सहयोगमा प्रकाशन हुन्छ” उहाँले उल्लेख गर्नुभयो ।
शासक दलहरूले नेपालको सार्वजनिक ऋण २७ खर्ब रूपैयाँ र व्यापार घाटा बर्सेनि १० खर्ब रूपैयाँ बढी पु¥याएको उल्लेख गर्दै सांसद सुवालले विदेशीसँग ऋण लिएर देश चलाउने शासकहरूको कारण देश नवउपनिवेशमा परिणत भएको बताउनुभयो ।
उहाँले राणा शासनको जग हाल्ने जङ्गबहादुरले बेलायती साम्राज्यवादको आदेशअनुसार भारतीय जनतामाथि दमन गर्न आफै सेनासहित गएको हुँदा कार्ल माक्र्सले उनलाई ‘अङ्गे्रजको कुकुर’ भन्नुभएको उल्लेख गर्नुभयो ।
२००७ सालको दिल्ली सम्झौता, २०४६ सालको जनआन्दोलनको बेला भारतीय नेताहरूको सहयोगमा बहुदलीय व्यवस्थाको पुनःस्थापना र माओवादी आन्दोलनका नेताहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायत दिल्ली आश्रयमा बसेको हुँदा नेपाल भारतीय एकाधिकार पुँजी र विस्तारवादको कब्जामा पुगेको उल्लेख गर्दै सांसद सुवालले सरकारमा गएका संसद्वादी दलहरूको नाम फरक भए पनि काम एउटै भएको बताउनुभयो ।
कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने र पुँजीपतिवर्गलाई आफ्नो उम्मेदवार पनि नबनाउने उल्लेख गर्दै सांसद सुवालले नेका, एमाले, माओवादी, मालेलगायत पार्टीले शोषकवर्गलाई सांसद बनाएको हुँदा नेपाली जनतालाई अहिले थप दुःख भएको बताउनुभयो ।
“राजनैतिक दल निश्चित दर्शन र वर्ग आधारमा स्थापना र सञ्चालन भएको हुन्छ । सिद्धान्तहीन निर्वाचन र सत्ता गठबन्धन गर्नेहरू राजनीतिक दल हुनसक्दैन ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो, “श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक विश्वमा भइरहेको साम्राज्यवादविरोधी सङ्घर्षका विषयलाई प्राथमिकताका साथ उठाउने नेपालको नमूना अखबार हुन् ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था रहेको चर्चा गर्दै समाजवादमा व्यक्तित्व विकासमा समान अवसर, आर्थिक समानता, शिक्षा–स्वास्थ्य निःशुल्क र योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने उल्लेख गर्नुभयो ।
उहाँले ‘श्रमिक’ साप्ताहिकले समाजवादी गणतन्त्रको झन्डालाई माथि उठाउने सैद्धान्तिक पत्रिका भएको उल्लेख गर्दै कामदारवर्गको पक्ष लिने ‘श्रमिक’ साप्ताहिक अन्य पत्रिकाभन्दा फरक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रा. डा. शिवशरण महर्जन, संस्कृति संरक्षण अभियन्ता कर्ण महर्जन, शिक्षक रामचन्द्र महर्जन, समाजसेवी गौतम महर्जन, जनगायक रामकृष्ण दुवाल, समाजसेवी वीरकाजी महर्जन, हरिकुमार महर्जन, श्रीकृष्ण महर्जन, चन्द्रलाल महर्जनलगायतले श्रमिक साप्ताहिकमा प्रकाशित लेख रचनाबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो ।
Leave a Reply