गत वर्ष भदौ २३ र २४ गतेको उपद्रोमा एमाले कहाँ चुक्यो ?
- आश्विन १२, २०८३
भक्तपुर, १३ वैशाख । ‘२०७२ सालको भूकम्पपश्चात् पुनः निर्माणको एक दसक पुनरावलोकन’ विषयक अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो बैठक वैशाख १२ र १३ गते ख्वप कलेज अफ इन्जिनियरिङमा सम्पन्न भयो ।
बैठकको समापन समारोहका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाकोे मौलिकता संरक्षणमा भनपा सधैँ सचेत रहेकोे बताउनुभयो ।
उहाँले भन्नुभयो, “दरबार क्षेत्रस्थित सिद्धिलक्ष्मीको मन्दिरमा प्रयोग भएका ढुङ्गाहरू कमसल खालको भन्ने देखिएपछि सबै भत्काउन लगाएर नयाँ ढुङ्गाबाट निर्माण गर्न लगायौँ । केही समय अघि पशुपति मन्दिरको पुनःनिर्माण बिगे्रको, मक्किएको काठ प्रयोग गरिएको कारण हामीले रोक्नुप¥यो । पुरातत्व विभाग, प्रशासन सबैलाई त्यसको जानकारी पठायौँ र पछि सुधार गरेको थाहा भयो ।”
काठमाडौँको रानीपोखरी सिमेन्टले बनाउन खोज्दा पुनः निर्माण प्राधिकरणका पदाधिकारीहरू भक्तपुर नगरपालिकामा आएर सहयोगको निम्ति अनुरोध गरेपछि भनपाका १०० जना कालिगढहरूले ८ महिनाभन्दा बढी लगाएर काम पूरा गरी मौलिक शैलीमै रानी पोखरीको पुनः निर्माण गरेको उहाँले स्मरण गराउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “आज बिहान ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक बारे छलफल कार्यक्रम ग¥यौँ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सय वर्षपछिको भक्तपुर नगरको कल्पना गर्नुभएको छ । त्यतिबेला भक्तपुर विश्वकै एक आकर्षक नगर बन्ने अध्यक्ष बिजुक्ेछेँले अनुमान गर्नुभएको छ ।”
विश्व सम्पदा क्षेत्रभित्रका सम्पदाहरूको संरक्षणको लागि यो बैठक महत्वपूर्ण रहेको धारणा राख्दै प्रमुख प्रजापतिले समयअनुसार नयाँ नयाँ ऐनको आवश्यक हुने भएकोले व्यापक छलफल गरेर मात्र ऐन बनाउनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सम्पदाको महत्वबारे नयाँ पुस्तालाई राम्रो जानकारी नभएको कारणले पनि संरक्षणमा नयाँ पुस्ता अगाडि नआएको हुनसक्छ । भक्तपुर नगरपालिकाले विद्यालय तहदेखि नै स्थानीय पाठ्यक्रम बनाई लागु गरी सम्पदा संरक्षणमा मद्दत गरिरहेको छ ।”
कार्यक्रमका सभापति एवं पुरात्तत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले दुई दिनसम्म बसेको बैठकले धेरैवटा सुझाव तयार गरेको र उक्त सुझावलाई संस्कृतिमन्त्रीसमेत बसेर छलफल गरी कार्यान्वयनको लागि जिम्मेवारी बाँडफाँट गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पदा संरक्षणमा भक्तपुरले उदाहरणीय कार्य गर्दै आएको छ । उपत्यकालाई पुरानै अवस्थामा फर्काउन सबैले साझा प्रयास जारी राख्नुपर्छ ।”
संस्कृति मन्त्रालयका सहसचिव सुरेस सरोजलगायत अन्य सहभागीहरूले परम्परागत सीपलाई संरक्षण गर्दै सबैसँग संवाद र समन्वय गरी काम गरेमा राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले विदेशी मित्रहरूलाई मायाको चिनोस्वरूप मयुरझ्याल उपहार प्रदान गर्नुभयो ।
Leave a Reply