भर्खरै :

कैलालीमा भेटघाट तथा प्रशिक्षण

कैलालीमा भेटघाट तथा प्रशिक्षण

कैलाली, १३ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा लम्किचुहा नगरपालिका वडा नं. ५ तिलकपुरमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले ऐतिहासिक भौतिकवादी सिद्धान्तबारे बताउँदै मानिस आदिम साम्यवादी व्यवस्था हुँदै दास युग, सामन्तवादी युग र अहिले पुँजीवादी व्यवस्थासम्म पुगेको बताउनुभयो ।
उहाँले आदिम साम्यवादमा सबै मानिस बराबर र कुनै पनि किसिमको विभेद नहुने आदिम साम्यवादी व्यवस्थामा वर्गविहीन हुने बताउनुभयो ।
किसान र मजदुरवर्गलाई शोषकवर्गले सधैँ शोषण र दमन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले मजदुर र किसानको हित हुने व्यवस्था भनेको समाजवादी व्यवस्था भएको हुँदा यस व्यवस्थामा मजदुर र किसानहरूले शासन गर्ने भएकोले मजदुर र किसानको हित हुन्छ भन्नुभयो ।
नेमकिपा सुदूरपश्चिम प्रदेश सदस्य तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले पार्टीले निश्चित विचार र सिद्धान्त बोकेको हुन्छ भन्नुभयो ।
उहाँले नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मुख्य मार्गनिर्देशक सिद्धान्तको रूपमा आत्मसात गर्दै समाजका मजदुर र किसानको हित हुने व्यवस्था समाजवाद हुँदै साम्यवादी व्यवस्थासम्मको लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले मजदुर र किसानलाई राजनीतिकरूपले सचेत पारी नेपाल क्रान्तिकारी महिला सङ्घमा सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य प्रतिभा रावल र नेक्राविसङ्घ कैलाली अध्यक्ष एच.वी.ले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *